शनिबार, आश्विन १७ गते २०८३

बिरोध प्रदर्शन गरिरहेका पूर्ब पाकिस्तानी प्रम इमरान खानमाथि चलाइयाे बन्दूक

कार्तिक १८, २०७९ शुक्रबार
बिरोध प्रदर्शन गरिरहेका पूर्ब पाकिस्तानी प्रम इमरान खानमाथि चलाइयाे बन्दूक

पाकिस्तानका पूर्ब प्रधानमन्त्री इमरान खानमाथि घातक गोली प्रहार गरिएको छ । उनको खुट्टामा गोली लागेको बताइएकाे छ । गाेली काण्डमा परेर बच्न सफल भएका खानकाे स्थिति खतरा बाहिर रहेकाे बताइएकाे  छ।
हिजो बिहीवार अल्लाहवाल चोक नजिक र्याली पुगेपछि बन्दूक धारीले गोली चलाएको बताइएको छ । इमरान खानको पाकिस्तान तेहरिक इन्साफ पार्टी पिटीआईका महासचिव असद उमेरले याे जानाकरी दिएको जनाइएको छ । 
पाकिस्तानमा चुनावकाे माग गर्दै इमरानले बिरोध प्रदर्शन आरम्भ गरेको सातौ दिनमा घटाइएको यस गोलकाण्डमा परी एकजना ब्यक्तिको मृत्यु भएको र अन्य चार जना घाइते बनेको बताइएको छ ।
पाकिस्तानी प्रतिपक्षी नेताले  ज्यान मार्ने हिसावले गोली काण्ड मच्चाइए पनि  बिरोध प्रदर्शन जारी रहने बताएका छन् । याे गाेली काण्ड पछि यसकाे बिराेधमा पाकिस्तनका कयाैं शहरमा बिराेध प्रदर्शन शुरू भएकाे पनि समाचार छ ।
बन्दूक चलाउने एक अन्दाजी २० बर्षीय यूवालाई पक्राउ गरिएको समाचार छ ।