शनिबार, आश्विन १७ गते २०८३

सिबिआइएल क्यापिटल मार्केट्सको सीइओमा सबिर बादे श्रेष्ठ

कार्तिक १७, २०७९ बिहीबार
सिबिआइएल क्यापिटल मार्केट्सको सीइओमा सबिर बादे श्रेष्ठ


सि. बि. आई. एल. क्यापिटल लि. को प्रमुख कार्यकारी अधिकृतमा श्री सबिर बादे श्रेष्ठ नियुक्त हुनुभएको छ । श्रेष्ठ एसिसिए हुनुका साथै काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।

यस अगाडि श्रेष्ठ एन.आई.बि.एल्. क्यापिटल मार्केट्सको उच्च व्यवस्थापन स्तरमा तथा नबिल इन्भेष्टमेन्ट्स बैंकिङ लि र मेघा क्यापिटल मार्केट्समा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत रहेका थिए ।  श्रेष्ठसँग देश तथा विदेशमा गरी १७ वर्ष वित्तीय तथा मर्चेन्ट बैंकिङ क्षेत्रमा कार्य गरेको अनुभव रहेको छ ।