शुक्रबार, कार्तिक ७ गते २०८३

बोल्साेनारो पराजित, लूला बिजयी : संकटबाट ब्राजिल बच्याे

कार्तिक १७, २०७९ बिहीबार
बोल्साेनारो पराजित, लूला बिजयी : संकटबाट ब्राजिल बच्याे

lok_narayan.jpg
लोकनारायण सुबेदी


ब्राजीलका पूर्व राष्ट्रपति बोल्सोनारो अहिले किन हारे भन्ने त्यहाँ प्रश्न उठेको छ र त्यसको उत्तर पनि आएको छ । उनी केवल दुइ मूख्य मुद्धाको उपेक्षाका कारण पराजित भएका हुन् भनिँदैछ । उनले पर्यावरण तथा कोभिड–१९ महामारीका गम्भीर समस्याको उपेक्षा गरे । पच्चास लाख वर्ग किलोमिटरको जैविक पिण्ड मानिएको जैविक क्षेत्र अमेजनलाई अपार बिध्वंश हुनबाट उनले बचाउन सकेनन् । उनी बिना मास्क घुम्ने गर्थे । आफ्ना अनुयायीलाई मास्कको आवश्यकता छ भन्ने कुरा बताउने गर्दैनथे । परिणामत: त्यहाँ कोभिड महामारीबाट पाँच लाख मानिसहरु मारिए । कोभिडले ब्राजिललाई यसरी ग्रास तुल्यायो  । उसले भारत लगायत बिभिन्न देशहरुबाट प्राप्त खोपको उपयोग पनि गर्न पाएन । भारतको मोदी सरकारले उनलाई भारतीय गणतन्त्र दिबसको बिशेष अतिथि पनि बनाएको थियो दुइ बर्ष अघिको २६ जनवरी २०२० मा । त्यतिबोल उनी भारतमा स्वामी नारायण मन्दिरको दर्शनका लागि पनि गएका थिए ।

ब्राजिलमा पुन: नयाँ राष्ट्रपति कसरी बने  पुराना क्रान्तिकारी  समाजबादी बामपन्थी नेता इग्नेशिया लूला डी सिल्भा ? उनी आधारहीन भ्रष्टाचाराको आरोमा कारबासमा पनि रहे र अदालतबाट सफाई पनि पाए । उनी कुनै बेला सडक किनारामा बसेर ब्राजिलमा जुत्ता पालिस पनि गर्ने गर्दथे । धातु कारखानामा काम गर्दा श्रमिक यूनियनको नेता पनि बनेका थिए उनी । त्यसैले उनले आफ्नो राजनीतिक दलको नाम नै वर्कर्स पार्टी नै राखेका पनि हुन् ।उनी ब्राजिलको सैनिक तानाशाहीसँग भिडे, दमन, यातना र जेल भोगे । यसभन्दा अघि पनि उनी दुइ पटक ब्राजिलको राष्ट्रपति  निर्बाचित  भइसकेका हुन् । उनले ब्राजिलमा लोकतन्त्रको स्थापना गरेका हुन् । त्यसपछि उनले सर्बप्रथम बिद्यार्थीहरुको पढाइलाई उच्च प्राथमिकतामा राखेर बिकसित गर्ने  शिक्षा योजना बनाए । यस क्रममा बिद्यालयहरुमा मध्यान्न भोजनको ब्यबस्था पनि गराए । बिश्वमा सबैभन्दा शक्तिशाली अमेरिकी साम्राज्यबादका बिरुद्ध डटेर लूलाले समतामूलक ब्राजिल बनाउन थाले । यसरी उनी बिश्वमा ब्राजिलका सर्बाधिक लोकप्रिय जन नायक पनि बने । उनलाई मोटरकार उद्योगपतिहरुबीचबाट अकूत सम्पत्ति जम्मा गरेको निराधार भ्रष्टाचारको अरोपमा जेल सजाय पनि दिइएको थियो।

लगातार तेश्रो पटक कुनै पनि ब्यक्ति ब्राजिलमा राष्ट्रपतिमा खडा हुन नपाउने ब्राजिलको संबैधानिक प्रावधानले गर्दा उनी उठ्न पाएनन् । यसरी उनलाई संबैधानिक अडचन देखाएर तेश्रो पटक चुनाव लड्न र राष्ट्रपति हुनबाट रोकियो । त्यस स्थितिमा उनले उनकै मन्त्रि मण्डलमा क्याबिनेट प्रमुख रहिसकेकी महिला डिल्मा रुसेफको नाम राष्ट्रपतिको प्रत्याशीका लागि प्रस्ताबित गरे । उनी यस अघि २००३ मा लूला मन्त्री मण्डलमा उर्जा मन्त्री रहेकी थिइन् । उनले २००५ देखि २०१० सम्म चीफ स्टाफको रुपमा रहेर पनि काम गरेकी थिइन् । उनले बिजय प्राप्त गरिन् र ब्राजिलको पहिलो महिला राष्ट्रपति पनि बनिन् । पहिला कुनै पनि निर्बाचित पदमा नरहेकी ६२ बर्षीय डिल्मा रुसेफले लूलाकै बाटोमा हिड्ने र उनको अनुसरण गर्ने प्रतिबद्धता जनाएकी थिइन् । उनी पनि ब्राजिलकी एक लडाकु महिला हुन् । १९४७ मा जन्मेकी उनका पिता बुल्गेरियाका अनिवासी वकिल तथा ब्यवसायी थिए भने उनकी माता ब्राजिलकी एक बिद्यालय शिक्षिका थिइन् । डिल्मा रुसेफको झुकाव बिद्यार्थी कालदेखि नै समाजबादतर्फ रहेको थियो । उनले १९६५ देखि १९८५सम्म ब्राजिलमा रहेको सैनिक शासनको बिरोध गरिन् । उनी त्यस अघि पनि १९७० देखि १९७२ सम्म जेल परेकी थिइन र त्यतिबेला उनलाई बिजुलीको झड्का पनि लगाइएको थियो । जेलबाट छुटेपछि उनले अर्थशास्त्रको अध्ययन सकेर नागरिक सेवामा लागिन् । २००५ देखि उनी लूलाको सरकारमा तत्कालीन राष्ट्रपति लूलाको शासन कालमा चीफ अफ स्टाफप पनि रहिन् । उनका कतिपय अनुयायीहरुले रुसेफलाई आईरन लेडी भन्ने उपाधि पनि दिने गर्दथे । तर उनलाई बिपक्षीहरुले महाअभियोग लगाएर राष्ट्रपतिबाट हटाए ।

Da Silva.jfif
 

अहिले तेश्रो पटक बिजयी बनेका राष्ट्रपति लूला डी सिल्भाका प्रतिद्वन्द्वी पूर्व सैनिक बोल्सेनाराो अत्यन्तै असमान र प्रतिगामी  कुरा गर्ने र कदम चाल्ने  गर्दथे । ती राष्ट्रपतिले सार्वजनिक रुपमा नै भनेका थिए कि पुरुस–महिला समान बेतनको नियमलाई उनी समाप्त पार्न चाहन्छन् । उनले त्यसमा के तर्क थिएका थिए भने ‘महिलाले गर्भधारण गर्दछन् । छुट्टी लिने गर्दछन’ । उनको आकलनमा अबर देश तथा अफ्रिकी राष्ट्रहरु ‘संचित फोहोर मैला’ हुन् । तिनलाई झड्काल्नु र झार्नु पर्दछ । अहिले निबर्तमान ती राष्ट्रपति सैनिक साशनका हिमायती हुन् । उनी हत्या बिरोधी भन्न रुचाउने तर तड्पाएर मृत्यु दण्ड दिने पक्षका मानिन्छन्। जानकारहरु भन्दछन् – उनी फाँसी दिने कानुन पुन: बनाउन चाहन्थे र चाहन्छन् ।

हुन पनि बोल्सेनारोलाई ब्राजिका डोनाल्ड ट्रम्प पनि भन्ने गरिन्छ । उनी महिला–द्वेषी पनि मानिन्छन् । उनका दुइ छोरा र एक छोरी पनि छिन् । ती छोरीलाई उनी हाकाहाकी ‘आफ्नो कमजोर क्षणको देन’ भन्ने गर्दथे भनिन्छ । उनको के पनि मान्यता रहेको छ भने धर्मनिरपेक्ष गणराज्यको अबधारणा एउटा बेमतलको फिजुल धारणा हो । इश्वर नै सर्बोपरी हो । उनकी आमाले पनि उनको नाम ‘जायुर मसीहा बोल्सेनारो’ राखेकी थिइन् । किनभने उनी  मान्दथिन् कि जीशश क्राइस्टले उनको छोरालाई पठाएको हो । ती पूर्ब राष्ट्रपतिको के पनि मान्यता थियो भने यदि १८ बर्षभन्दा कम उमेरकाले ब्यक्तिले पनि बलात्कार आदि घृणित अपराध गर्दछ भने उसले पनि बालिगले पाउने जस्तै दण्ड सजाय दिनु पर्दछ ‘। यस सम्वन्मा बिपक्षी सांसद तथा पूर्ब मानबाधिकार मन्त्री मारिया डी रोजारियोले उनलाई रेपिष्ट अर्थात बलात्कारीको संज्ञा पनि दिएकी थिइन् । तर ती राष्ट्रपतिले के भन्न पनि हिच्किचाहेनन् भने ‘मारिया त बलात्कारका लागि योग्य पनि छैन्’। त्यस बापत अदालतनले उनलाई छ महिनाको काराबास सजाय र दस हजार डलर जरिमाना पनि गरेको थियो । बोल्सेनारो हिंसालाई शासनको अनिवार्य अंग वा तत्व मान्दथे । एउटा टिभी अन्तरबार्तामा उनी प्रष्ट के बोलेका थिए भने ब्राजिललाई बिकसित बनाउने हो भने तीस हजार मानिसलाई गोली हानेर उडाइदिनु पर्दछ । त्यसको शुरुवात भने चर्चित समाजबादी नेता प्रोफेसर फर्नाण्डो हेनरिख कार्डोसबाट हुनु पर्दछ भन्ने समेत उनले किटानी गरेका  थिए । तिनी ब्राजिलका ३४औं राष्ट्रपति थिए । उनलाई समाजशास्त्रका ज्ञाता पनि मानिन्थ्यो । तर अब ब्राजिलमा के भनिदैछ भने बोल्सेनारोले हारे, लूलाले जिते । ब्राजिल संकटबाट बच्यो ।