शनिबार, आश्विन १७ गते २०८३

शी जिनपिङ्ग र नुएन फू ट्राेङ्ग बीच भेट बार्ता - परस्पर सम्बन्ध प्रगाढ बनाउने

कार्तिक १५, २०७९ मंगलबार
शी जिनपिङ्ग र  नुएन फू ट्राेङ्ग बीच भेट बार्ता - परस्पर सम्बन्ध प्रगाढ बनाउने
चिनीयाँ कम्युनिष्ट पार्टीका महासचिव शी चिनफिङले अक्टोबर ३१ तारिख दिन ग्रेट हल अफ द पिपुलमा चीन भ्रमणमा रहनुभएका भियतनाम कम्युनिष्ट पार्टीका महासचिव नुएन फू ट्रोङसँग भेटवार्ता गर्नुभएको छ। दुबै पक्षका बीच  सहमति भएका १६ बूँदे नीतिनियमलाई पालन गर्दै आपसी परम्परागत मित्रतालाई सबल र प्रगाढ  बनाउने कुरामा दुवै नेताले जोड दिनु भएको छ।
 
आपसी आदानप्रदानलाई अझ बढाउँदै र राजनीतिक विश्वासलाई बलियो बनाउँदै नयाँ युगमा चीन र  भियतनामबीचको चौतर्फी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रयास गर्नुपर्ने शी चिनफिङले बताउनुभयो। 
China-Vietnam.jpeg
 
भियतनाम कम्युनिष्ट पार्टीको १३ औँ महाधिवेशनपछि कम्युनिष्ट पार्टीको नेतृत्वमा जनताले धेरै उपलब्धि पाएका छन्। दुबै मुलुकका कम्युनिष्ट पार्टीले आ-आफ्ना राष्ट्रिय अवस्थामा आधारित भई सफलताका साथ आफ्नो विकासमार्ग खोजेका छन्।
साभार -सीआरआई