शनिबार, आश्विन १७ गते २०८३

सन्दीप लामछिानेविरुद्ध १२ वर्ष कैदको मागदावी सहित मुद्दा दर्ता

कार्तिक १४, २०७९ सोमबार
सन्दीप लामछिानेविरुद्ध १२ वर्ष कैदको मागदावी सहित मुद्दा दर्ता

 

जबरजस्ती करणीको कसूरमा राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ता भएको छ । 

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला अदालतमा सोमबार अभियोग पत्र दर्ता गराएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंले रायसहित बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अभियोग पत्र पेश गरेको हो । 

प्रहरीले लामिछानेमाथि अनुसन्धान सकेर मुलुकी अपराध संहिताको जबरजस्ती करणी गर्न नहुने कसूरमा सजायको मागदाबीसहित अनुसन्धान प्रतिवेदन पेश गरेको थियो । 

संहिताको दफा २१९ को उपदफा ३ को घ मा पीडित १६ वर्ष वा त्यसभन्दा बढी १८ वर्षभन्दा कम उमरको भए १० देखि १२ वर्षसम्म कैद सजायको व्यवस्था छ । 

भदौ २१ गते पीडित किशोरीले जबरजस्ती करणीको कसूरमा लामिछानेविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । जाहेरी परेको दुईदिनपछि जिल्ला अदालत, काठमाडौंले उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । केहि समय विदेशमा सम्पर्कविहीन बनेका लामिछानेले अशोज २० त्रिभुवन विमानस्थलमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । 

 

12 barsha.png