शनिबार, आश्विन १७ गते २०८३

ब्राजिलमा पुन: बामपन्थी समाजबादी नेता लुला डि सिल्भा राष्ट्रपतिमा बिजयी 

कार्तिक १४, २०७९ सोमबार
ब्राजिलमा पुन: बामपन्थी समाजबादी नेता लुला डि सिल्भा राष्ट्रपतिमा बिजयी 

दक्षिण अमेरिकी देश ब्राजिलमा पुन: लुला डि सिल्भा राष्ट्रपतिका लागि हिजो ३० अक्टोबरका दिन भएको निर्वाचनमा बिजयी बनेका छन् । उनले सत्ताधारी दक्षिणपन्थी पार्टीका नेता जाएर बोलसोनारोलाई ५०.९ मत ल्याएर  पराजति गर्दै निर्बाचित भएका हुन् । बोलसोनारोले ४९.१ मत ल्याएका थिए । यस अघि अक्टोबर २ मा भएको निर्वाचमा कुनै पनि पक्षले ५१ प्रतिशत मत ल्याउन नसकेकोले दोश्रो पटक चुनाव गराइएको थियो ।

Da Silva.jfif
अब लुलाले २०२३ देखि २०२७ सम्म ब्राजिलको शासनभार सम्हाल्ने छन् । यस अघि पनि उनले २००३ देखि २०१० सम्म ब्राजिलको राष्ट्रपतिको कार्यभार सम्हालेका थिए । लुलाको कार्यकालमा ब्राजिलको सामाजिक बिकासमा ठूलो प्रगति भएको सूचकहरुले दर्शाएका थिए । ठूलो जनसंख्या भएको ब्राजिलमा १५ करोड ६० लाख मतदाता रहेका छन् । बोलसारोले उनलाई राजनीतिबाट अलग्याउन भ्रष्टाचारको आधारहीन मुद्दा लगाएर जेल हालेका थियो । तर उनी पछि सफाइ पाएर मुक्त भएका थिए ।