काठमाडौं । याे चालु आर्थिक वर्षको तीन महिनामा देशको व्यापार घाटा साढे तीन खर्ब रुपैयाँ नाघेको छ । भन्सार विभागले आइतवार सार्वजनिक गरेको बिवरण अनुसार गएको असोज मसान्तसम्मको व्यापार घाटा तीन खर्ब ५९ अर्ब १७ करोड ८१ लाख रुपैयाँ बराबर छ ।
यसै अवधिमा देशको व्यापार चार खर्ब ४२ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ बराबर भएको विभागले जनाएको छ । यस्तै निर्यात ४१ अर्ब ८२ करोड रुपैयाँ बराबरको भएको छ ।

यद्यपि आर्थिक वर्ष २०७८/७८ को तुलनामा चालु आवको तीन महिनामा व्यापार १८ दशमलव ५४ प्रतिशतले घटेको छ । गएको आवमा पाँच खर्ब ४३ अर्ब ५७ करोड रुपैयाँ बराबरको व्यापार भएकोमा यस आवको तीन महिनामा चार खर्ब ४२ अर्ब ८१ करोड रुपैयाँ बराबरको व्यापार भएको छ ।
यसभन्दा अघिल्लाे आवमा चार खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ बराबरको माल वस्तु आयात भएकोमा चालु आवको तीन महिनामा १६ दशमलव २० प्रतिशतले कमी आइ चार खर्ब ९९ करोड रुपैयाँ बराबरको माल सामान आयात भएको हो ।
यसरी नै गएको आवको तीन महिनामा ६५ अर्ब पाँच करोड रुपैयाँ बराबरको माल वस्तु निर्यात भएकोमा चालु आवको तीन महिनामा ३५ दशमलव ७१ ले ओरालो लागेर ४१ अर्ब ८२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको हो ।
महिनाकाे करीब १खाखर्ब २० अर्ब जति ब्यापार घाटा हुँदा बर्षकाे करीब १५ खर्बजति देशले घाटा खाँदाे रहेछ ।