दक्षिण कोरियाको राजधानी सियोलमा शनिवार राति भीडमा किचिएर कम्तीमा १५१ जनाको मृत्यु भएको । हलोविन पर्व मनाउन सियोलको इतावोँ बजारमा जम्मा भएका मानिसहरूको अत्यधिक भीँड साँघुरो गल्लीमा धकेलाधकेल हुँदा दुःखद घटना हुन गएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दक्षिण कोरियामा घटेको यसप्रकारको सम्भवत ठूलो घटनाले त्यहाँको सार्वजनिक सुरक्षा मापदण्डहरूमाथि प्रश्नचिन्ह खडा गरेको छ ।
सियोलको योङ्गसान अग्नि विभागका प्रमुख चोई सेओङ(बियोमका अनुसरा अधिकांश पीडितहरू किशोरावस्था र २० वर्ष उमेरका मानिसहरू थिए। घाइते मध्ये १९ जनाको अवस्था गम्भीर रहेको छ भने ६३ जनालाई कम गम्भीर चोट लागेको छ, चोईले आइतवार बिहानको अपडेटमा जनाएका छन्।
हेलोवीन मनाउन सियोलको इतावोँ नजिकको साँघुरो गल्लीमा मानिसहरूकाे भीँड लागेकाे थियाे । अधिकारीहरूका अनुसार घटना पहिलो पटक स्थानीय समयअनुसार राति १०ः१५ बजे रिपोर्ट गरिएको थियो। हताहत हुनेहरूमा चीन, इरान, नर्वे र उज्वेकिस्तानका १९ विदेशी नागरिक समेत रहेका छन् ।