यति बेला यूक्रेन युद्धको मोर्चाबाट आउदै गरेका पछिल्ला खबरले बिश्वका सबै देशका मानिसहरुको मुटुको धडकन निकै नै बढाइरहेको हुुन पर्दछ । किनकि अहिले त्यहाँ परमाणु युद्धको आशंक बढेको छ । रुसले यूक्रेनमाथि ‘डर्टी बम’ हमलाको तयारी गरिरहेको आरोप लगाउदै परमाणु युद्ध अभ्यास पनि सुरु गरिसकेको छ । भनिन्छ रुसका राष्ट्रपति भ्लादिमिर पुटी स्वयमले यस युद्ध अभ्यासको निरीक्षण र अनुगमन गरिरहेका छन् ।
उता अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसलाई चेतावनी दिइसकेका छन् कि यदि उसले यूक्रेनमाथि परमाणु बम खसाल्यो भने त्यो रुसका लागि अत्यन्तै गम्भीर भूल हुनेछ । त्यसको परिणाम बहुतै नराम्रो हुनेछ । यस प्रकारमो परमाणु युद्ध चर्किने स्थिति बन्दै गएको सन्दर्भमा बिश्वका अधिकांश देशहरुले बार्ता नै यूक्रेन द्वन्द्वको सही समाधान हो भन्दै सम्बाद र कूटनीति मार्फत यसको समाधान खोज्न जोड दिइरहेका छन् र भनिरहेका छन् कि कुनै पनि पक्षले परमाणु बिकलप रोज्नु हुँदैन । त्यसो गरियो भने यो बिश्व मानबताका बिरुद्ध क्रूर र घात हुने उनीहरु औंल्याइरहेका छन् ।
उनीहरु आजको युग युद्धको युग होइन, बार्ता समझदारी र सहमतिद्वारा समाधान खोज्नु पर्ने युग हो भनेर परमाणु बमको प्रयोग भयावह र घातक हुने कुरा औंल्याइरहेका छन् ।
यी सबै चेतावनी र सतर्कका सुझावहरु राखिदा राखिदै पनि पुटीन के भनिरहेका छन् भने मास्कोले संघर्ष तीब्र हुन गएको स्थितिमा आफ्नो क्षेत्रको रक्षा र बचाउका लागि परमाणु हतियारको बिकल्प समेत उपयोग गर्न सक्नेछ् । यूक्रेन संकट आज ७ ्महिनाभन्दा बढी लम्बिदै गएको छ र यो चाडै समाप्त हुने कुनै संकेत पनि देखा पर्दैन ।
निरन्तर क्षेप्यास्त्र(मिसाइल( हमलाका बीच पुटीनले रुसको रणनीतिक परमाणु बलको निरीक्षण गरेका छन् जसमा यूक्रेन संघर्षलाई लिएर पश्चिमी देशरुसँग बढ्दो तनाबका बीच शक्ति प्रदर्शनका लागि ब्यालेस्टिक तथा क्रूज क्षेप्यास्त्र कयौ पल्ट प्रायोगिक गर्ने कुरा पनि सामेल छ । नाटो पनि अचेल दिनदिनै नियमित परमाणु युद्ध अभ्यासका गतिबिधिहरुलाई बढाइरहेको छ । यस सन्त्रासमय बातावरणमा यूक्रेनमा रहेका बिदेशी दूतावासहरुले आफ्ना नागरिहरुलाई यूक्रेन छोडन पनि लगाइराखेका र फिर्ता बोलाइराखेका छन् ।