शनिबार, आश्विन १७ गते २०८३

नेपाल संवत् मौलिक राष्ट्रिय संवत् - राष्ट्रपति बिद्याभण्डारी

कार्तिक ९, २०७९ बुधबार
नेपाल संवत्  मौलिक राष्ट्रिय संवत् - राष्ट्रपति बिद्याभण्डारी

काठमाडौं । नेपाल सम्बतकाे सन्दर्भ एक शुभकामना सन्देशमा  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४३ प्रारम्भ भएको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन्।

उनले शुभकामना सन्देशमार्फत राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् चन्द्र मास गणना गरेर तय गरिने मौलिक राष्ट्रिय संवत् हाे भनेकी  छन्।

नेपालकाे यस दिनलाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा भव्यताका साथ मनाउने गरिन्छ।

नेपालकाे इतिहासमा लिच्छवी राजा राघवदेवको समयमा काठमाडौं उपत्यकामा रहेका किसान तथा गरिब जनतालाई ऋणमुक्त गरी शङ्खधर साख्वाले यस संवतलाई प्रचलनमा ल्याएकाे कुरा उल्लेख छ।

OIP.jfif

राष्ट्रपति बिद्या भण्डारीले नेपाली समाज सभ्य र सहिष्णु समाज भएको र हाम्रा चाडपर्व तथा यस खालका असल परम्पराले नेपाली समाजलाई थप सुदृढ बनाउँदै लगेको पनि उल्लेख गरेकी छन्। उनले राष्ट्रिय विभूति साख्वाको उक्त लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै आजको दिनमा निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहन सबैमा प्रेरणा मिल्ने विश्वास पनि व्यक्त गरेकी छन्।

भण्डारीले नेपाल संवतले सम्पूर्ण नेपालीका बिचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वासका व्यक्त समेत गरेकी छन्।