शनिबार, आश्विन १७ गते २०८३

समानुपातिक बन्दसूचीका ५५० जना उमेदवार हुन अयोग्य

कार्तिक ९, २०७९ बुधबार
समानुपातिक बन्दसूचीका ५५० जना उमेदवार हुन अयोग्य

 

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानूपातिक पद्धतितर्फको बन्दसूचीबाट ५५० जना उम्मेदवारको नाम हटाएको छ । दलहरुले बन्दसूचीमा राखेका तर विभिन्न कारणले उम्मेदवार हुन अयोग्य भएका भन्दै आयोगले सूचीबाट हटाएको हो ।

ती मध्ये स्थानीय तह निर्वाचनमा उम्मेदवार भएका तर खर्च विवरण नबुझाएका मात्रै ३६९ जना रहेका छन् । त्यसैगरी निर्वाचन कानून र आचारसंहिता उल्लंघनमा परी जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेदवारीमा परेकाहरु, कालोसूचीमा रहेका र लाभको पदमा बसेकाहरुको समेत नाम आयोगले हटाएको छ।

अल्पसंख्यक र लैंगिक सूचनाको अस्पष्टताका कारण पनि केही उम्मेदवारको नाम हटाएको आयोगले जनाएको छ । लैंगिक विवरण फरक परेका कारण पनि ३७ जनाको नाम हटेको छ । दलहरुले महिलालाई पुरुष र पुरुषलाई महिला भनी उल्लेख गरेकाले यसरी नाम हटेको जनाएको छ ।