काठमाण्डाै । पूर्बी अफ्रिकाबाट बेलायत बसाई सरेका भारतीय मूलका ४२ बर्षीय ऋषि सुनक आज बेलायतको प्रधानमन्त्री नियुक्त हुँदैछन् । बेलायतको पुरानो कञ्जरभेटि पार्टीका यस भन्दा पहिला नियुक्त प्रधानमन्त्रीले ४५ दिनमै राजीनामा दिए पछि ऋषि प्रधानमन्त्री हुन लागेका हुन् । हिजै पनि उनको संसदमा बहुतमत थियो र कञ्जरभेटिभका सदस्यहरुको बहुमत लीज स्ट्रससँग भएको हुनाले उनी प्रधानमन्त्री बनेकी हुन् । तर असफल बन्न पुगिन् ।
यतिबेला बेलायतले आर्थिक चुनौतीको सामना गरिरहेको र यूक्रेन युध्दले गर्दा यूराेप लगायत बिश्वकै अर्थतन्त्रमा असर परिरहेका बेला सुनकले प्रधानमन्त्रीकाे कार्यभार सम्हाल्न लागेका हुन् ।
नयाँ प्रधानमन्त्रीका रुपमा उनले दशकौँपछि बेलायतमा देखा परेको सबैभन्दा गम्भीर आर्थिक समस्यालाई समाधान खोज्नुपर्ने मुख्य जिम्मेवारी रहने बिभिन्लेन सञ्चार माध्यमहरूल उल्लेख गरेका छ न् ।
यस अघि सन् २०२० मा सुनक बेलायतको अर्थमन्त्री बनेका थिए । सन् १९८० मा साउथह्याम्पटनमा जन्मिएका सुनक अहिले ४२ वर्षका छन्। उनी हिन्दू धर्मालम्बी रहेका छन् ।