शनिबार, आश्विन १७ गते २०८३

चिनीया कम्युनिष्ट पार्टीकाे बीसाैं महाधिवेशन भब्यताकासाथ सम्पन्न, शीकाे तेश्राे कार्यकालकाे अनुमाेदन

कार्तिक ५, २०७९ शनिबार
चिनीया कम्युनिष्ट पार्टीकाे बीसाैं महाधिवेशन भब्यताकासाथ सम्पन्न, शीकाे तेश्राे कार्यकालकाे अनुमाेदन

काठमाण्डौ । बितेकाे ७३ बर्षदेखि सत्तारुढ पार्टी चिनीयाँ कम्युनिष्ट पार्टीकाे सात दिबसीय २०औँ महाधिवेशन आज अक्टोबर  २२ का दिन बिहान  बेइजिङस्थित ग्रेटहल अफ द पिपुलमा   सम्पन्न भएको छ । याे महाधिबेशन अक्टाेबर १६ देखि आरम्भ भएकाे थियाे ।
यस ऐतिहासिक महाधिवेशनले चिनीयाँ कम्युनिष्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति शी चिनपिङ्गलाई तेश्रो कार्य कालको नेतृत्वको पनि अनुमोदन गर्दै यसले २०५ जनाको केन्द्रिय समिति चयन गरेको छ । त्यसमा शक्तिशाली मानिने पोलिट ब्यूरो र स्थायी समितिका बरिष्ठ नेताहरु प्रधानमन्त्री ली खछ्याङ्ग, ली झान्सु, वाङ्ग याङ्ग र हान झेइलाई भने बिदा गरेको छ । 
महाधिवेशनले पार्टीको २०औँ केन्द्रीय समिति र केन्द्रीय अनुशासन निरीक्षण आयोग निवार्चित गरेको छ। साथै पार्टीको १९औँ केन्द्रीय समितिको प्रतिवेदन सम्बन्धी निर्णय–प्रस्ताव, १९औँ केन्द्रीय अनुशासन निरीक्षण आयोगको कार्यप्रतिवेदन सम्बन्धी निर्णय–प्रस्ताव र चिनियाँ कम्युनिस्ट पार्टीको विधान (संशोधितमसौदा) सम्बन्धी निर्णय–प्रस्ताव पनि पारित गरेको छ।

xi3.jfif

चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन तथा केन्द्रीय समिति नै चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च नेतृत्वदायी अंग हुन्। चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन हरेक पाँच वर्षमा आयोजना हुने गर्छ । यन् महाधिवेशन
नब निर्बाचित चिनीयाँ कम्युनिष्ट पार्टीको २०औं केन्द्रिय समितिको राजनीतिक ब्यूरो र स्थायी समितिका सदस्यहरुले भोली अक्टोबर २३ का दिन मध्यान्न १२ बजेदेखि महाधिवेशनसम्बन्धि जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
त्यसमा चाइना मिडिया समूह लगायत चिनीयाँ सञ्चार माध्यमहरु रेडियो, टेलिभिजन, वेभसाइट, मोबाइल तथा नयाँ मिडिया समेतका फ्ल्याटहरुमार्फत प्रत्यक्ष प्रसारण गर्ने जनाइएकोछ ।