गान्धि परिबार बाहिरका एक पूर्णकालिक, निर्वाचित भारतीय राष्ट्रिय काँग्रेले पाएको छ । उनी ८९ प्रतिशत जतिको भारी मत पाएर पार्टीको नेतृत्वका लागि मल्लिकार्जुन खरगे बिजयी बनेका हुन् । उनका एकमात्र प्रतिस्पद्र्धी शशि थरूरलाई पनि एक हजार मत प्राप्त भयो । भारतीय काग्रेस पार्टीको सामुमा यो पार्टीको आन्तरिक चुनावालाई निष्पक्ष र बिश्वसनीय तुल्याउनपर्ने चूनौति थियो भने अर्कोतिर के पनि सुनिश्चित गर्नु थियो भने यो चुनावले पार्टी भित्रको कटुता र बिभाजनलाई स्थायी रुप नदेओस्् । भनिन्छ यी दुबै कुरामा करीब करीब काग्रेसलाई सफलता मिलेको छ । पार्टीको सत्तामा लामो समयदेखि रहँदै र सफलता र बिफलता बेहोदै आएको गान्धि परिबारले प्रत्याशी कुनै पक्षमा पनि प्रत्यक्ष नलागेर स्थितिलाई सम्हाल्न खोजेको पनि औंल्याइदै छ । प्रतिस्पद्र्धि रहेका १ हजारभन्दा बढी मत ल्याए पनि भारी अन्तरले पराजय भोगेका प्रत्याशी शशी थरुरले पराजयलाई सहज किसिमले स्वीकार्दै यो काग्रस भित्रको सुधारकाके नयाँ शुरुवात भनेका छन् ।
पर्यबेक्षक तथा बिश्लेषकहरु अब यसले भारताको राजनीतिमा नयाँ जीबन्तता ताथ नयाँ मोड ल्याउने र राष्ट्रिय आन्तर्राष्ट्रिय स्थितिमा पनि प्रभाव पार्ने उल्लेख गरिरहेका छन् ।