शनिबार, आश्विन १७ गते २०८३

बृटिश प्रधानमन्त्री लिज स्ट्रस ४५ दिनमै राजीनामा दिन बाध्य

कार्तिक ४, २०७९ शुक्रबार
बृटिश प्रधानमन्त्री लिज स्ट्रस ४५  दिनमै राजीनामा दिन बाध्य

लण्डन । एक सातादेखि ठूलो दबाव झेलिरहेकी बृटिश प्रानमन्त्री लिज ट्रसले अन्तत: बिहीवार राजीनामा दिने घोषण गरिन्  । यद्यपि अर्को प्रधानमन्त्रीको चयन नभएसम्मका लागि उनी पदमा बहाल रहनेछिन् । राजीनामको घोषणा गर्दै उनले भनिन् – "मैले जुन काम गर्ने प्रतिबद्धतााकासाथ सत्तामा आएकी थिए तिनलाई पूरा गर्न सकिन । यसका लागि अफसोस छ । राजा चाल्र्सलाई मैले यस बारेमा जानकारी दिइसकेकी छु" बृटिश कञ्जरभेटिभ पार्टीको स्पेशल रुल कमिटी १९२२ का अध्यक्ष सर ग्राहम ब्रेडीले लिजलाई भेटेर उनलाई पार्टीले नेताकोरुपमा हेर्दैन भनेर बताएका थिए । लिज केवल ४५ दिन मात्र प्रधानमन्त्री पदमा आसीन रहिन् । कुनै पनि बृटिश प्रधानमन्त्री यो अहिलेसम्मकै सबैभन्दा छोटो कार्य काल हो । यसभन्दा पहिला सन् १८२७ मा जर्ज केनिङ्ग ११९ दिन प्रधानमन्त्री रहेका थिए ।
यसभन्दा पहिला बृटेनकी इण्टेरियर मन्त्री सुएला ब्रेवरम्यानले बुधवारका दिन क्याबिनेटबाट राजीनामा दिएको थियो । केही दिन पहिला मात्र बित्त मन्त्री क्वासीले पनि राजीनामा दिएको थियो । सुएलाको राजीनामका रिपोर्ट सञ्चारमाध्यममा दिइएको थियो । प्रधानमन्त्री या सरकारका प्रबक्ताले यस बारेमा केही पनि बताएका छैनन् । प्रधानमन्त्री लिज ट्रसले आफ्नो निवासा १० डाउननिङ्ग स्ट्रिट बाहिर सञ्चार माध्यमहरुलाई भनिन कि – म जुन प्रतिबद्धता जनताकाक बीच जनाएर सरकारमा आएकी थिए ती पूरा गर्न सकिन ।यसका लागि मलाई दु:ख छ ।राजा चाल्र्सलाई यस बारे मैले जानकारी गराइसकेकी छु । आफ्नै पार्टी र बिपक्ष समेतको किचलो समेतमा लिज एक सातासम्म मौन साधेर बसेकी थिइन् । स्थिति त कस्तोसम्म भयो भने बिपक्षले त उनलाई संसदमा बेञ्चमुनि बसेको ब्यंग पनि कसेका थिए ।