शनिबार, आश्विन १७ गते २०८३

चिनियाँ शैलीको आधुनिकीकरणबाट मानवजातिको आधुनिकीकरणका लागि नयाँ छनौट

कार्तिक २, २०७९ बुधबार
चिनियाँ शैलीको आधुनिकीकरणबाट मानवजातिको आधुनिकीकरणका लागि नयाँ छनौट
चिनीयाँ कम्युनिष्ट पार्टीकाे बीसाैं महाधिबेशन ग्रेट हल अफ द पिपुलमा  जारी 

चिनियाँ कम्युनिष्ट पार्टीको बीसौं महाघिवेशनको अध्यक्ष मण्डलको दोस्रो बैठक अक्टोबर १८ दिउँसो जन बृहत सभाभवनमा आयोजित भएको छ। शी चिनफिङले उक्त बैठकको अध्यक्षता गर्नुभएको छ।

१९ औँ केन्द्रीय समितिको प्रतिवेदन सम्बन्धी निर्णय प्रस्ताव(मसौदा), १९ औँ केन्द्रीय अनुशासन तथा जाँचबुझ समितिको कार्य प्रतिवेदन सम्बन्धी निर्णय प्रस्ताव(मसौदा) र चिनियाँ कम्युनिष्ट पार्टी बडापत्र संशोधित प्रस्ताव (मसौदा)लाई विभिन्न प्रतिनिधि मण्डलमा छलफल गरिने निर्णय सो बैठकमा पारित भयो।

साथै महाधिवेशनको निर्वाचन तरिकालाई पनि सो बैठकमा पारित भयो।

चिनीयाँ आधुनिकीकरण विभिन्न देशका जनताको साझा खोज

अक्टोबर १६ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशन पैचिङमा शुरू भएको छ। केन्द्रीय समितिका महासचिव शी चिनफिङले १९औँ केन्द्रीय समितिको प्रतिनिधित्वमा प्रतिवेदन पेश गर्नुभयो। प्रतिवेदनले समाजवादी आधुनिक देशको चौतर्फी निर्माणबारे रणनीतिक योजना बनाउनुका साथै चिनियाँ शैलीको आधुनिकीकरणको विशेषता र मुख्य आवश्यकताबारे जानकारी दिएको छ।

आधुनिकीकरण विभिन्न देशका जनताको साझा खोज हो र आधुनिक कालदेखि चिनियाँ जनताको लक्ष्य पनि हो। चिनियाँ शैलीको आधुनिकीकरण के हो? प्रतिवेदनमा महासचिव शी चिनफिङले जोड दिनुभयो, चिनियाँ शैलीको आधुनिकीकरण चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको समाजवादी आधुनिकीकरण हो। जससँग विभिन्न देशको आधुनिकीकरणको साझा विशेषता हुनुका साथै चीनको विशेषता पनि रहेको छ। चिनियाँ शैलीको आधुनिकीकरण जनसंख्य विशाल रहेको आधुनिकीकरण हो, सबै जनता साझा समृद्धि हुने आधुनिकीकरण हो, मात्रिक सभ्यता र आत्मिक सभ्यता समन्वय गरिएको आधुनिकीकरण हो, मानव र प्राकृति सहअस्तित्व रहेको आधुनिकीकरण हो र शान्तिपूर्ण विकास मार्ग रहेको आधुनिकीकरण हो।

चिनीयाँ शैलीकाे को आधुनिकीकरणका ९ मुख्य आवश्यकता

प्रतिवेदनले चिनियाँ शैलीको आधुनिकीकरणका ९ मुख्य आवश्यकता स्पष्ट पारेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व हुनुपर्छ, चिनियाँ विशेषतायुक्त समाजवाद हुनुपर्छ, उच्च गुणस्तरीय विकास गर्नुपर्छ,  पूरा प्रक्रियामा जनताको प्रजातान्त्रिक विकास हुनुपर्छ, जनताको आध्यात्मिक विश्वलाई समृद्ध पार्नुपर्छ, सबै जनतालाई साझा धनी बनाउनु पर्छ, मानव तथा प्राकृतिक सहअस्तित्वले घच्घच्याउनुपर्छ, मानव भाग्य समुदायको निर्माण बढाउनुपर्छ र मानवजाति सभ्यताको नयाँ शैलीको सिर्जना गर्नुपर्छ। जसले समाजवादी आधुनिक देशको निर्माणका लागि  कार्य मार्गदर्शन गरेको छ।

चिनियाँ शैलीको आधुनिकीकरणको अभ्यास र अनुभवले मानवजातको आधुनिकीकरणका लागि महत्वपूर्ण योगदान दिनुका साथै नयाँ छनौट पनि दिएको छ। विश्वमा प्रमाणीकरण भएको आधुनिकीकरण कुनै मोड छैन र जहाँ सफल हुने आधुनिकीकरण मापदण्ड पनि छैन। वर्तमान चीनमा उद्योगीकरण, सूचनाकरण, शहरीकरण तथा कृषिको आधुनिकीकरण साथसाथै अगाढि बढ्दैछन्। मात्रिक सभ्यता, राजनीतिक सभ्यता, आत्मिक सभ्यता, सामाजिक सभ्यता र  पर्यावरणीय सभ्यता  समन्वय रूपमा विकसित हुँदैछ। चिनियाँ शैलीको आधुनिकीकरणले आफ्नो विकास गर्नुका साथै विश्वलाई फाइदा पूर्याउनेछ।

साभार :  चाइना रेडियाे इण्टरनेशनल