शनिबार, आश्विन १७ गते २०८३

३० दिनभित्र व्यवसाय दर्ता गर्न काठमाडौं महानगरको अल्टिमेट,नगरे कारवाही गर्ने चेतावनी

कार्तिक १, २०७९ मंगलबार
३० दिनभित्र व्यवसाय दर्ता गर्न काठमाडौं महानगरको अल्टिमेट,नगरे कारवाही गर्ने चेतावनी

काठमाडौं महानगरपालिकाले संघ र प्रदेश सरकारबाट इजाजत लिएका व्यवसायहरुले पनि महानगरमा  व्यवसाय दर्ता गर्न आग्रह गरेको छ । महानगरले एक सूचना जारी गर्दै हालसम्म व्यवसाय दर्ता नगरी सञ्चालन गरेका व्यवसायीहरुलाई   ३० दिनको अल्टिमेटम दिएको छ। 

‘महानगरपालिकाको अनुगमनको क्रममा व्यवसाय दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइएमा काठमाडौं महानगरपालिका राजस्व ऐन, २०७५ को दफा ३४ को उपदफा ग बमोजिम व्यवसाय बन्द गरी नियमानुसार जरिवाना समेत असुल गरिने सूचनामा उल्लेख  गरेको छ । यस्तै, महानगरले आर्थिक ऐन, २०७९ को अनुसूची(७) को बुँदा नंं ३ बमोजिम आर्थिक वर्ष २०७२/७३ लाई आधार वर्षका रुपमा लिएर व्यवसाय कर असुली गरिने जनाएको छ।