वाङमय शताब्दी पुरूष सत्यमाेहन जाेशीकाे निधनकाे शाेकमा सरकारले कार्तिक १ गते मंगलबार देशभर सार्वजनिक बिदा दिने भएकाे छ ।
१०३ वर्षका जाेशीकाे आइतबार बिहान ललितपुरकाे किष्ट अस्पतालमा उपचारका क्रममा निधन भएकाे थियाे।
सरकारले भाेलि नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्था, विदेशस्थित कूटनीतिक नियाेगमा सार्वजनिक विदाका साथै राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेकाे सूचना गृह मन्त्रालयले जारी गरेकाे छ ।
