शनिबार, आश्विन १७ गते २०८३

शताब्दी पुरूष सत्यमाेहन जाेशीकाे १०३ बर्षकाे उमेरमा निधन

आश्विन ३०, २०७९ आइतबार
शताब्दी पुरूष  सत्यमाेहन जाेशीकाे १०३ बर्षकाे उमेरमा निधन

नेपालका एक प्रख्यात संस्कृतिबिद तथा शताब्दी पुरूष सत्यमोहन जोशीको आइतबार बिहान निधन भयाे। उहाँको १०३ वर्षको उमेरमा  ललितपुरस्थित किष्ट अस्पतालमा निधन भएको  हाे ।

यस अघि उक्त अस्पतालले उहाँकाे स्वास्थ्यमा सुधार हुन नसकेकाे जानाकारी सार्बजनिक गरेकाे थियाे ।

satya-mohan.jpg

 जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको इमर्जेन्सी (आकस्मिक कक्ष) मा भर्ना गरिएको थियो । त्यही समयमा रगतको जाँच गर्दा उहाँलाई डेंगु पुष्टि भएको थियो । एक सातादेखि नै छातीमा निमोनिया सङ्क्रमण, मुटुको चालमा घटबढ भइरहेका जोशीलाई जति औषधि चलाए पनि शरीरले रेस्पोन्स  नगरेको चिकित्सकले बताएका थिए ।