शनिबार, आश्विन १७ गते २०८३

सुध्रिएकाे छैन सत्यमाेहन जाेशीकाे स्वास्थ्य अवस्था - किष्ट अस्पताल

आश्विन २९, २०७९ शनिबार
सुध्रिएकाे छैन सत्यमाेहन जाेशीकाे स्वास्थ्य अवस्था - किष्ट अस्पताल

काठमाडौं ।  शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था झन् कमजोर बन्दै गएको  ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएकाे छ । त्यस अस्पतालका प्रमुख अमिष पाठकले उपचाररत जोशीको स्वास्थ्य अवस्था कमजोर बन्दैगएको जानकारी हिजाे  दिएका हुन्।

जाेशीकाे सघन  उपचार कक्ष (आइसियु) बाट निकालेर सामान्य शैय्यामा राखी उपचार भइरहेको भए पनि उनको स्वास्थ्यमा समस्या आएपछि बिहीवारदेखि पुनः आइसियुमा सारिएको थियो । प्रमुख पाठकका अनुसार जोशी बोल्न र खान सकेका छैनन्। शरीरमा अक्सिजन र प्रेसर घट्दैगएको छ ।

संस्कृितिबद्र जाेशीकाे छातीमा निमोनिया सङ्क्रमण, मुटुको चालमा घटबढ भइरहेको जोशीलाई जति औषधि चलाए पनि शरीरले रेस्पोन्स नगरेको उनले बताए ।  त्यसैले अल्बुमीन रिप्लेसमेन्टका लागि औषधि चलाएको पनि उनले जानकारी दिए ।

बयाेबृध्द १०३ वर्षीय जोशीको स्वास्थ्यमा समस्या देखिएपछि  गत असोज ७ गते अस्पतालको इमर्जेन्सी (आकस्मिक कक्ष) मा भर्ना भएका थिए । सोही समयमा रगतको जाँच गर्दा डेंगु पुष्टि भएको थियो ।