शनिबार, आश्विन १७ गते २०८३

आधुनिक समाजवादी देश निर्माण गर्न र राष्ट्रिय पुनरुत्थान गर्न बृहत सहकार्य गरिने - शी चिन फिङ महासचिब, चिनीयाँ कम्युनिष्ट पार्टी

आश्विन २८, २०७९ शुक्रबार
आधुनिक समाजवादी देश निर्माण गर्न र राष्ट्रिय पुनरुत्थान गर्न बृहत सहकार्य गरिने - शी चिन फिङ महासचिब, चिनीयाँ कम्युनिष्ट पार्टी

चिनीयाँ कमुनिष्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति शी चिन फिङले चिनियाँ कम्युनिष्ट पार्टी र गैरकम्युनिस्ट पार्टीहरूबीचको सहकार्यलाई सुदृढ तुल्याउन, व्यापक देशभक्तिपूर्ण संयुक्त मोर्चालाई अझ सुदृढ र विकास गर्न, सबै सामाजिक तप्काका मानिसहरूलाई सबै प्रकारले आधुनिक समाजवादी देश निर्माण गर्न र राष्ट्रिय पुनरुत्थानलाई व्यापक रूपमा अगाडि बढाउन सबै सामाजिक तप्काका मानिसहरूलाई सक्षम तुल्याउन सबै बुद्धि र शक्तिलाई अधिकतम हदसम्म एकत्रित गर्नुपर्ने आवश्यकतामा जोड दिएको हिजो प्रकाशित पार्टी प्रेष बक्तब्यमा उल्लेख छ ।

Chinamodern.jpg
त्यसमा भनिएको छ–‘सीपीसीको नेतृत्वमा बहुदलीय सहयोग र राजनीतिक परामर्श चीनको आधारभूत राजनीतिक प्रणाली हो । गैरकम्युनिस्ट पार्टीहरू राज्य व्यवस्थाको छलफल र व्यवस्थापनमा भाग लिन्छन्। चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी० र देशको प्रमुख नीति र निर्णयहरूमा गैर(कम्युनिस्ट पार्टीहरू, अखिल चिनियाँ उद्योग वाणिज्य महासंघका प्रमुख व्यक्तिहरू र कुनै पनि पार्टी सम्बद्धता नभएकाव्यक्तिहरूबाट सुझाव र राय लिने सीपीसीको लागि लामो समयदेखिको अभ्यास हो।

चिनीयाँ कम्युनिष्ट पार्टीको २०औं महाधिबेशन पस्तुत हुने प्रतिबेदन अन्तिमरुप दिन आयोजित बैठकलाई सम्बोधन गर्ने क्रममा शी उपरोक्त महत्वपूर्ण बिचार ब्यक्त गरेका हुन् ।