शुक्रबार, कार्तिक ७ गते २०८३

सत्ताको सीमा दर्शाउने भारतका एक संघर्षशील नेता जय प्रकाश

आश्विन २५, २०७९ मंगलबार
सत्ताको सीमा दर्शाउने भारतका एक संघर्षशील नेता जय प्रकाश

urja.jpg   जय प्रकाश नारायणकाे जन्म जयन्ति ११ अक्टाेबरका सन्दर्भमा

लाेकनारायण सुबेदी
 जय प्रकाश नारायणलाई भारतलाई आफ्नो समाजबादी बिचार अनुकूल बनाउन प्रयत्न गर्ने राजनेता मानिन्छ । पच्चासको दशकमा प्रकाशित उनको किताब –‘भारतीय राज्य ब्यवस्थाको पुनर्संरचना : एक सुझाव’ ले आज पनि भारतमा सबैभन्दा उपयुक्त राज्य–पद्धति र शासन–ब्यबस्थाको स्वरुप प्रष्ट पारेको उल्लेख गरिन्छ । जय प्रकाश नारायणले राष्ट्रको समतामूलक आदर्शलाई त्यस्ता प्रजातान्त्रिक मानकहरुकोरुपमा हेर्ने कोशिश गरे जसमा सत्ताको होइन, जनताको अधिकार हुन्छ ।
  भारतमा स्वाधीनता तथा पूँजीवादी लोकतान्त्रिक ब्यवस्थाको स्थापना पछि भारतका राष्ट्रपिता मानिएका महात्मा गान्धिको परम्परालाई अगाडि बढाउनमा जुन नेताहरुको भूमिकालाई सबैभन्दा अगाडि रहेको र महत्वपूर्ण मानिन्छ त्यसमा लोकनायक संज्ञा पाएका जेपी अर्थात् जय प्रकाशलाई नै सबैभन्दा बढी सम्झना गर्ने गरिन्छ ।
स्वाधीनता प्राप्ति पछि भएको भारतको पहिलो आम निर्वाचनदेखि नै जेपीले के मान्न थालेका थिए भने राजसत्ता चाहे जुनसुकै रुपको होस् त्यो कल्याणकारी हुन सक्तैन । त्यसमा जनताको सक्रिय सहभागीता हुँन पाउँदैन भन्ने उनको प्रष्ट धारणा थियो । अनि जनताको त्यस्तो प्रभाबकारी सहभागीता बिनाको लोकतन्त्रले तानाशाहीले जस्तै नै काम गर्न थाल्दछ  । अनि त्यहाँ लोकतन्त्र केवल भोटमा सीमित हुन पुग्छ । यसका बिरुद्ध उनी जबर्जस्तरुपमा खडा भए र खबरदारी गरे अनि केही मात्रामा सफलता पनि हासिल गरे । 
उनी ११ अक्टोबर १९०२ मा भारतको बिहार राज्यको एउटा सानो गाउँ सिताब दियारामा जन्मेका थिए । उनी १९२२ देखि २९ सम्म अध्ययनका लागि अमेरिकामा रहे । त्यसै बेला आफ्नो पढाईको खर्च जुटाउनका लागि उनले खेत, कम्पनी र होटलहरुमा पनि काम गर्नु परेको थियो । यसरी काम र अध्ययनको क्रममा उनले श्रमिक बर्गका कठिनाईहरुलाई नजिकबाट देखे र अनुभव गरे । त्यसैले समाजको कमजोर र बञ्चित बर्गकाप्रति उनका बिचारलाई त्यस अनुभवले अझ सबल बनाउन मद्दत गर्यो ।
 अमेरिकाबाट भारत फर्किए पछि जवाहरलाल नेहरुको अनुरोधमा उनी भारतीय राष्ट्रिय काग्रेसमा सामेल भए । १९३६ मा बृटिश साम्राज्यबाद बिरोधी ‘शान्तिपूर्ण अबज्ञा आन्दोलन’मा सक्रिय सहभागी भए बापत उनलाई भारतको नाशिक कारगारमा थुनियो । त्यही जेलमा उनको राममनोहर लोहिया, अशोक मेहता, मीनु मसानी, अच्यूत पटबर्धन, सीके नारायण स्वामी लगायतका बृटिश साम्राज्यबाद बिरोधी नेताहरुसँग भेट भयो । त्यस सम्पर्कले जेपीलाई ‘काग्रेस सोशलिष्ट पार्टी’मा शामेल हुन प्रेरित गर्यो । जुन काग्रेस आचार्य नरेन्द्र देबको अध्यक्षतामा रहेको भारतीय राष्ट्रिय काग्रेस पार्टी भित्रै बामपन्थी झुकाव राख्ने एउटा समूहकोरुपमा थियो । डिसेम्बर १९३९ मा त्यही काग्रेस सोशलिष्ट पार्टीको महासचिवकोरुपमा जय प्रकाशले जनतालाई के आह्वान गरे भने ‘दोश्रो बिश्व युद्धको फाइदा उठाउँदै भारतमा बृटिश साम्राज्यबादी शोषणलाई रोकौं र बृटिश सरकारलाई उखेलेर फालौं’ । 
 त्यसपछि १९४२ को ‘भारत छोड आन्दोलन’को बेलामा जेपीलाई पुन: पक्राउ गरियो र हजारीबाग केन्द्रिय कारागारमा राखियो । तर ९ नोभेम्बर १९४२ का दीपावलीको अवसरमा आफ्ना ६ जना साथीहरुसँगै उनी पनि जेलबाट भागे । जेलबाट यसरी भागेको घटनाले उनी देशका यूवाहरुका बीच अझ लोकप्रिय हुन पुगे । अनि बृटिश शासनको अत्याचारका बिरुद्ध लड्नका लागि उनले नेपालमा आएर ‘स्वतन्त्र दस्ता’ पनि बनाए । यसबाट के प्रष्ट भयो भने जेपी जति शालिन र भद्र थिए त्यत्तिकै उत्साही क्रान्तिकारी पनि थिए ।
 समय क्रममा जवाहरलाल नेहरुका नीतिहरुसँग असहमतिका कारण नै उनले केन्द्रिय मन्त्रिमण्डलमा सामेल हुन अस्वीकार गरे । सत्तासँग आफ्नो स्वभाव बिपरीत भएका कारण नै उनले सत्तासँग दूरी कायम राखे । उनी आफुलाई सही अर्थमा गान्धिको उत्तराधिकारी मान्दथे । त्यसमा कुनै स्वार्थरहीत सेवा भाव प्रतिबिम्बित हुन्थ्यो । त्यसै कारणले गर्दा १९६७ मा जब सर्ब सम्मतिले उनलाई भारतको राष्ट्रपतिको पदमा बिराजमान गराउने कुरा आयो त्यसलाई पनि उनले इन्कार गरिदिए । त्यसरी उनले देश र जनताको हितमा निस्वार्थ आदर्श प्रस्तुत गरे । आजको  त कुरै छोडौं त्यतिबेला पनि यस्तो उदाहरण खोज्न मुश्किलै थियो ।
 उनले चलाएको ‘सम्पूर्ण क्रान्ति’ (टोटल रिभोल्यूशन)मा एउटा नारा गुञ्जिएको थियो – जात–पात तोड, तिलक– दाइजो छोड,समाज प्रबाहलाई नयाँ दिशामा मोड’ । ती नाराको अनुगुञ्ज भारतमा लामो समयसम्म रहेको थियो । वास्तवमा भारतमा त्यो ‘सम्पूर्ण क्रान्ति’को ताप या उष्मा यति तेजिलो थियो कि त्यसले गर्दा केन्द्रको भारतीय काग्रेको सरकारले सत्ताबाट हात धुनु परेको थियो । जेपीको एक हुँकारमा भारता नब यूवाहरुको हुल यसरी यसरी सडकमा खडा हुन आइपुग्दथ्यो त्यसले बिहारमा मात्रै होइन आन्दोलनको  आगो भारतकै कुना कुनासम्म फैलिन पुग्दथ्यो । यसरी जेपी त्यतिबेला भारतबासीका घर घरमा आन्दोलनको पर्याय जस्तै बन्न पुगेका थिए ।
 यथार्थत: स्वाधीनताको दुइ दशक पुग्दा पुग्दै भारतको राजनीति,आर्थिक तथा कानुनी ब्यवस्थाको हालत यत्तिका खराब भइसकेको थियो कि त्यसले जेपी जस्ता परिबर्तनकारीको मन पनि बिचलित भएको थियो । त्यही कारणले गर्दा सक्रिय राजनीतिबाट सन्यास लिइसकेका जेपीले पुन: दोश्रो पटक राजनीतिमा सक्रिय हुने निर्णय लिएका थिए । डिसेम्बर १९७३ मा जेपीले ‘यूथ फर डेमोक्रेसी’ नामको संगठन बनाए र भारतभरीका यूवाहरुलाई आह्वान गरे कि उनीहरु लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा आउन् ।
 अनि गुजरातका बिद्यार्थीहरुले जब १९६४मा चिमनभाइ पटेलको सरकार बिरुद्ध आन्दोलन शुरु गर्दा जेपी त्यहीं गएर ‘नब निर्माण आन्दोलन’को समर्थन गरे। । त्यतिबेला जेपीले भनेका थिए कि ‘मलाई क्षीतिजमा बर्ष १९४२ देखापरिरहेको छ’। त्यसपछि मार्चमा बिद्यार्थीहरुले जोड दिन थालेपछि जेपीले बिहारमा आन्दोलनको नेतृत्व स्वीकार गरेका थिए । त्यही बिहार आन्दोलन पछि गएर ‘सम्पूर्ण आन्दोलन’ अर्थात् टोटल रिभोल्यूशनमा परिणत भएको थियो । 
 बिहारको त्यो बिद्यार्थी आन्दोलन ती समस्याहरुको परिणाम थियो जसलाई लिएर त्यहाँका बिद्यार्थी र आम जन साधारणमा ठूलो असन्तोष र आक्रोश  पैदा भएको थियो । त्यतिबेला शैक्षिक स्तरमा ठूलो गिरावट आएको थियो । महँगी निर्बाध बढिरेहको थियो । बेरोजगारी ब्याप्त थियो । राजनीतिमा शासकीय अराजकता र बढ्दो अपराधिकरण यस्ता मुद्दा बनेका थिए जसका कारण सर्ब साधारण जनता अत्यन्तै कठिन अबस्थाबाट गुज्रिरहेका थिए । त्यस्तो स्थितिका बेला यूवा–बिद्यार्थीहरुको संगठित आन्दोलन एउटा स्वभाबिक घटना थियो । हुन पनि त्यतिबेला भारतमा त्यो आन्दोलन यस्तो आन्दोलन बन्यो जसको प्रभाव पूरै देशमा फैलिन पुग्यो । जेपीले भनेका थिए कि ‘यो क्रान्ति हो मित्रहरु’ !  सम्पूर्ण क्रान्ति हो । बिधान सभा बिघटन मात्र यसको उदेश्य होइन । यो त मीलको एउटा पत्थर हो । हाम्रो मञ्जिल त धेरै टाढा छ र हामीले अझै टाढासम्म जानुपर्दछ’ ।
 ‘सम्पूर्ण क्रान्ति’को आह्वान गर्दै जेपीले घोषणा गरेका थिए कि – ‘भ्रष्टाचार मेटाउनु छ, बेरोजगारी हटाउनु छ, शिक्षामा आमूल परिबर्तन ल्याउनु छ, । यी यस्ता कुरा हुन् जसलाई आजको ब्यवस्थाले  पूरा गर्न सक्तैन । यी समस्या यसै ब्यवस्थाका उपज हुन् र त्यसबेला मात्र यी समस्या हल हुन सक्नेछ जब सम्पूर्ण ब्यवस्था नै परिबर्तन हुन्छ र सम्पूर्ण ब्यवस्थाको परिबर्तनका लागि क्रान्ति – ‘सम्पूर्ण क्रान्ति’ आवश्यक छ । यस ब्यवस्थाले जुन संकटहरु पैदा गरेको छ ती ब्यापक र बहुमुखी छन् । यसकारण यसको समाधान पनि सम्पूर्ण र बहुमुखी नै हुनेछ । ब्यक्तिको आफ्नो जीवन बद्लियोस्, समाजको संरचना बद्लियोस्, राज्यको ब्यवस्था बद्लियोस् त्यसपछि सम्पूर्ण परिबर्तन पूरा हुनेछ र मानिसले सुख र शान्तिको स्वाधीन जीवन बाच्न सक्छ’ ।
 आफ्ना आदर्श र बिचारहरुलाई धरातलमा खरो उतार्नका लागि ती लोकनायकले ‘सम्पूर्ण क्रान्ति’मा सातवट मूलभूत परिबर्तन हुनु पर्ने कुरा सामेल गरेका थिए । जसमा उनले राजनैतिक, आर्थिक, समाजिक, साँस्कृतिक, बौद्धिक, शैक्षिक र आत्मिक क्रान्ति सामेल गरेका थिए । उनका अनुसार यी सातै क्षेत्रका क्रान्तिलाई मिलाएर सम्पूर्ण क्रान्ति पूरा हुन्छ । आफ्ना तिनै बिचारका माध्यमबाट देशमा उनी आमूल परिबर्तन गर्न चाहन्थे । जसमा सामाजिक जीवनका कुनै पक्ष पनि अछूतो रहेका थिएनन् ।
 जय प्रकाशको ‘सम्पूर्ण क्रान्ति’ दर्शन अग्रेजीमा प्रकाशित उनका दुइ महत्वपूर्ण निबन्धहरु १९६९ को ‘ए प्लि फर रि–कन्स्ट्रक्शन अफ इण्डियन पोलिटी र १९७१ को ‘स्वराज फर द पिपुल’ मा देख्न पाइन्छ । यसका आधारमा उनले एउटा समग्र बिचार दिने कोशिश गरे र आफ्ना कामहरुद्वारा त्यसलाई चरितार्थ गर्न पनि खोजे । भारतमा यति बेला त्यो जेपी क्रान्तिको दर्शन पहिलाभन्दा बढी प्रासांगिक हुन थालेको त्यहाँका बिश्लेषहरुले बताउदैछन् । भूमण्डलीकरण र उपभोक्ता सँस्कृतिको यस युगमा यदि भारत आफुलाई एउटा  सही अर्थमा खडा रहेको देख्न चाहन्छ भने यो जेपी दर्शनको कुनै अर्को बिकल्प छैन भन्ने बिश्लेषण उनीहरु गर्दै छन् । 
 उतिबेला पनि सम्पूर्ण क्रान्तिलाई सबै गैर बामपन्थी शक्तिहरुको समर्थन प्राप्त भएको देखिन्थ्यो । वास्तवमा १९७१को चुनाव  हारेपछि ती दलहरुले जेपीकारुपमा एकजन यस्ता जन नेताको छबि देखे जसले उनीहरुलाई भारतीय काग्रेसको बिकल्पकारुपमा मान्यता दिलाउने योग्य बनाउन सक्तथ्यो । यसको सन्दर्भमा जेपी के सम्झिन्थे भने ती पार्टीहरुको सांगठनिक ढाँचाले न त सडकमा न इन्दिरा गान्धिलाई चुनावमा सामना गर्न सक्तथ्यो । आन्दोलनलाई दबाउनका निमित्त तत्कालीन सरकारले हर सम्भव उपायहरु अपनाएको थियो । त्यतिबेला ४ नोभेम्बर १९७४ मा पटनामा घटेको घटनालाई आज पनि त्रासद प्रहरी बर्बरताकोरुपमा स्मरण गरिन्छ । शान्तिपूर्ण जुलुशको नेतृत्व गरिरहेका जेपीले पनि पुलिस कारबाहीमा पर्दा गम्भीर चोट खाएका थिए ।
 त्यसै बीच जून १९७५ को गुजरात बिधान सभाको चुनावमा काग्रेसले हार खायो र जनता पार्टी सत्तामा आयो । उता इलाहाबाद उच्च न्यायालयले जून १९७५ उच्च न्यायालयका न्यायाधीश जस्टिश सिन्हाले इन्दिरा गान्धिलाई भ्रष्ट चुनाव आचरणमा लिप्त भएको दोषी ठहराएर उनको चुनावलाई अमान्य करार गरिदिए ।
 एता जेपीले २४ जून १९७५ का दिन दिल्लीमा एउटा र्यालीमा २९ जूनदेखि राष्ट्रब्यापी ‘सबिनय अबज्ञा आन्दोलन’ शुरु गर्ने घोषणा गरे । साथै उनले त्यतिबेला सशस्त्र सेना, पुलिस र सरकारी अधिकारीहरुसँग पनि के आह्वान गरे भने कुनै पनि सरकारी आदेश नमान र ती आदेशहरुलाई ‘गैर कानुनी’ र ‘गैर सम्बैधानिक’ ठहराउ । जेपीको त्यस आह्वान र आन्दोलनलाई जनताको ठूलो समर्थन मिल्यो । त्यसबाट आत्तिएर तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धिले २५–२६ जून १९७५ को आधारातमा भारतमा संकटकालको घोषणा गरिन् । देशभरी सेन्सरशीप लागु गरिन् र जेपी समेत सयकडौं नेता कार्यकर्ताहरुलाई ‘मिशा’ नामको सुरक्षा कानुन अन्तरगत गिरफ्तार गरेर जेलमा कोचिन् ।
 अनि १९ महिना पछि जनवरी १९७७ मा इन्दिरा गान्धिले देशमा आम चुनावको घोषणा गरिन् । खराब स्वास्थ्य हुँदा हुँदै पनि जेपीले चुनावको चूनौतिलाई स्वीकार गरे । त्यस चुनावमा उत्तरप्रदेशमा काग्रेस पार्टी नराम्रोसँग पराजित भयो । स्वाधीनता पछि भारतको सत्तामा पहिलो पटक गैर काग्रेसी सरकारको गठन भयो । तर सत्ता दुरुपयोगलाई यसरी चूनौति दिने जेपीले आपुलाई भने सत्ताबाट टाढै राखे । भारतीय राजनीतिमा सच्चरित्रको वकालत र तदनुरुपको चरित्र दर्शाउने जय प्रकाश नारायणको ८ अक्टोबर १९७६का दिन देहाबसान भयो । मरणोप्रान्त उनलाई ‘भारत रत्न’ले सम्मान गरिएको थियो ।