काठमाडौ । अमेरिकी इतिहासमा इआन आँधीले पु¥याएको क्षति सबै भन्दा ठूलो दाेश्राे क्षति भएको अध्ययनले देखाएको छ ।
आरएमएसले गरेको अध्ययन अनुमानले अनुसार इआन आँधीको क्षति अमेरिकामा ५३ अर्ब देखि ७४ अर्ब बीच भएको छ । यस आधारमा सबै भन्दा उचित अनुमान ६७ अर्ब डलर हुने जनाइएको छ ।
गएकाे सेप्टेम्बरमा गएको यो आँधीले फ्लोरिडाको इतिहासमा सबै भन्दा महँगो र अमेरिकी इतिहासमा दोस्रो महँगो देखियो । राष्ट्रिय बाढी बीमा कार्यक्रमलाई १० अर्बको क्षति भएको हुन सक्ने देखिएको छ ।
त्यो आँधी २४० किलोमिटर प्रतिघन्टाको दरले आएको थियो । जसबाट धेरै ठुलो क्षति हुन गएको हो । त्यस आँधीको एक साता पछि पनि करिब १ लाख ८५ हजार ग्राहकको घरमा अझै बिजुली बत्तीको लाइन पुनः नआइपुगेको बताइएकाे छ ।
मानव क्षतिका आधारमा पनि यो आँधी सर्वाधिक खराब मध्ये एक हो भनिएकाे छ । त्यसकाे चपेटामा परेर कम्तिमा १०२ जनाको ज्यान गएको छ ।
यसलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले सर्वाधिक प्राणघाती आँधी भनेर टिप्पणी गरेका थिए ।यो सन् २००५मा आएको क्याट्रिना आँधीले पु¥याएको क्षति भन्दा मात्र कम क्षति पु¥याएको हो । त्यतिखेर यसको ६५ अर्ब डलर थियो तर महँगीलाई समायोजन गरेपछि हुने क्षति ८९ अर्ब ७० करोड अमेरिी डलर रहेको थियो । क्याट्रिनाले १८०० जनाको ज्यान लिएको थियो ।
भनिन्छ २१औँ शताब्दीको यो सबै भन्दा प्राणघाती आँधी थियो । इआन बाहेक क्याट्रिनाले पु¥याएको क्षति नजिक कुनै आँधी पुगेको थिएन् । अर्को बढी क्षति पु¥याउने आँधी इडा रहेको छ । यसले ३६ अर्ब डलरको क्षति पु¥याएको इन्स्योरेन्स इन्फोर्मेसन इन्स्टिच्युटले जनाएको छ ।