
लाेकनारायण सुबेदी
हालै सम्पन्न इटालीको संसदीय चुनावमा घोर दक्षिणपन्थी शक्तिले जुन बिजय हासिल गरेको छ त्यो यूरोपका लागि अत्यन्तै महत्वपूर्ण मानिएको छ ।ब्रदर्स पार्टी अफ इटली(उत्तर फासीवादी फ्राटेल्ली डी इतालिया) र त्यसका सहयोगी पार्टीहरु – द लिग अफ फोर्जा इतालियाका गठबन्धनलाई यो चुनावमा ४६ प्रतिशत मत आएको छ ।
यतिबेला इटली जर्मनी र फ्रान्स पछि यूरोपेली संघको सबैभन्दा ठूलो अर्थब्यवस्था हो र जी – ७ को सदस्य पनि हो । अब इटलीको सरकारको बागडोर महिला प्रधानमन्त्री जिओर्जिया मेलोनीको हातमा गएको छ । उनी यस्तो पार्टीकी नेता हुन् जसका जरा नब–फासबादसँग सम्बन्धित छन् ।
यी मेलोनीले आफ्नो राजनीतिक जीवन इटाली सोशलिस्ट मुभमेण्ट(एमएसआई)बाट शुरु गरेकी थिइन् । यो पार्टी १९४६ मा मुशोलोनीका समर्थहरुले स्थापना गरेका थिए । एक पछि अर्को कयौ बिभाजनहरु तथा बिभिन्न दक्षिणपन्थी समूहरुका कयौं बिलयपछि २०१२ मा अहिलेको ब्रदर्स पार्टीको गठन भएको थियो । यस पार्टीको निशान अर्थात चिन्ह अहिले पनि एमएस आईको लाल, सेतो र हरियो रंगले बनेको छ । जुन एउटा फासीबादी चिन्ह हो ।
चार बर्ष पहिला २०१८को संसदीय निर्वाचनमा यो ब्रदर्स पार्टीलाई केवल ४ प्रतिशत मत मिलेको थियो । अहिलेको चुनावमा यो पार्टी २७ प्रतिशतले बढेको मतका साथ अन्य सबै बाँकी पार्टीहरुभन्दा अगाडि निस्कियो । आप्रबासी बिरोधी, जातीय राष्ट्रबाद र यूरोपेली संघ बिरोधी तथा कम खर्च बिरोधी बाक्जालको मिश्रणले आर्थिक कठिनाइसँग जुधिरहेका क्षुब्ध मानिसहरु खाशगरी यूवाहरुको ध्यान खिच्न यो सफल भएको छ । अनि यस पार्टीमा मजदुर बर्गका केही हिस्साहरुको पनि संलग्नता रहेको देखिएको छ ।
बिश्लेषकहरु भन्दछन् – घोर दक्षिणपन्थी पार्टीको अहिलेको यो उभार तथाकथित सेण्टर–लेफ्ट पार्टीहरु अर्थात मूख्यत: डेमोक्रेटिक पार्टीद्वारा नब उदारबादी अन्धबिश्वासका अगाडि पूर्णरुपले आत्मसमर्पण गरिदिएको पृष्ठभूमिमा आएको छ । बिग्रिदो आर्थिक अबस्था र यूवाहरुको बढ्दो बेरोजगारीको परिणामस्वरुप बढदो जन असन्तोषकोरुपमा यो नतिजा दक्षिणपन्थी शक्तिले हात परेको छ ।
यसभन्दा अघिको मारिया द्रागीको बहुदलीय गठबन्धन सरकार यूरोपेली यूनियनले तय गरेको नब उदारबादी एजेण्डालाई लागु गर्ने मूख्य लक्षकासाथ नै गठन गरिएको थियो । द्रागी एकजा टेक्नोक्र्याट थिइन् । उनले यूरोपेली सेण्ट्रल बैंकको पूर्ब प्रमुखकोरुपमा पनि कार्य गरिसकेकी छन् । सामेल सबै पार्टीहरु जसमा दुइटा घोर दक्षिणपन्थी पार्टीहरु – लीग र फोर्जा इटालिया – पनि सामेल थियो, द्रागी सरकारमा शामेल भइसकेको थियो । तर ब्रदर्स पार्टीले त्यसप्रतिको दूरी कायम राखि रह्यो ।
यूरोपेली संघ र त्यसको मीतब्ययी उपदेशमाथिको निरन्तर हमलालाई ती श्रमजीवी जनताको पनि समर्थन मिल्यो जो पूँजीवादी संकट तथा कोरोना महामारीबाट अत्यन्तै नराम्रो किसिमले प्रभाबित र पीडितहरु हुन् । घोर दक्षिणपन्थी अफ्रिकाबाट आइरहेका प्रबासीहरुको लहरलाई खलनायक बनाउन सफल हुन सके कि उनीहरुले इटालीबासीको सुरक्षा तथा रोजगारीकाक लागि खतरा पैदा गरिरहेका छन्, जबकि आर्थिक संकटलाई लिएर आफ्ना लोकरंजक(लोकप्रिय) लफ्फाजीलाई पनि जारी राखेका छन् ।
गएको सेप्टेम्बर महिना सम्पन्न इटालीको संसदीय चुनावमा घोर दक्षिणपन्थी शक्तिले जुन बिजय हासिल गरेको छ त्यो यूरोपका लागि अत्यन्तै महत्वपूर्ण मानिएको छ ।ब्रदर्स पार्टी अफ इटली(उत्तर फासीवादी फ्राटेल्ली डी इतालिया) र त्यसका सहयोगी पार्टीहरु – द लिग अफ फोर्जा इतालियाका गठबन्धनलाई यो चुनावमा ४६ प्रतिशत मत आएको हो ।
इटली यतिबेला जर्मनी र फ्रान्स पछि यूरोपेली संघको सबैभन्दा ठूलो अर्थब्यवस्था हो र जी – ७ को सदस्य पनि हो । अब इटलीको सरकारको बागडोर महिला प्रधानमन्त्री जिओर्जिया मेलोनीको हातमा गएको छ । उनी यस्तो पार्टीकी नेता हुन् जसका जरा नब–फासबादसँग सम्बन्धित छन् ।
यी मेलोनीले आफ्नो राजनीतिक जीवन इटाली सोशलिस्ट मुभमेण्ट(एमएसआई)बाट शुरु गरेकी थिइन् । त्यो पार्टी १९४६ मा मुशोलोनीका समर्थहरुले स्थापना गरेका थिए । एक पछि अर्को कयौ बिभाजनहरु तथा बिभिन्न दक्षिणपन्थी समूहरुको कयौं बिलयपछि २०१२ मा अहिलेको ब्रदर्स पार्टीको गठन भएको थियो । यस पार्टीको निशान अर्थात चिन्ह अहिले पनि एमएस आईको लाल, सेतो र हरियो रंगले बनेको छ । जुन एउटा फासीबादी चिन्ह मानिन्छ ।
चार बर्ष पहिला २०१८को संसदीय निर्वाचनमा यो ब्रदर्स पार्टीलाई केवल ४ प्रतिशत मत मिलेको थियो । अहिलेको चुनावमा यो पार्टी २७ प्रतिशतले बढेको मतका साथ अन्य सबै बाँकी पार्टीहरुभन्दा अगाडि निस्कियो । आप्रबासी बिरोधी, जातीय राष्ट्रबाद र यूरोपेली संघ बिरोधी तथा कम खर्च बिरोधी बाक्जालको मिश्रणले आर्थिक कठिनाइसँग जुधिरहेका क्षुब्ध मानिसहरु खाशगरी यूवाहरुको ध्यान खिच्न यो सफल भएको छ । अनि यस पार्टीमा मजदुर बर्गका केही हिस्साहरुको पनि संलग्नता रहेको देखिएको छ ।
बिश्लेषकहरु भन्दछन् – घोर दक्षिणपन्थी पार्टीको अहिलेको यो उभार तथाकथित सेण्टर–लेफ्ट पार्टीहरु अर्थात मूख्यत: डेमोक्रेटिक पार्टीद्वारा नब उदारबादी अन्धबिश्वासका अगाडि पूर्णरुपले आत्मसमर्पण गरिदिएको पृष्ठभूमिमा आएको छ । बिग्रिदो आर्थिक अबस्था र यूवाहरुको बढ्दो बेरोजगारीको परिणामस्वरुप बढदो जन असन्तोषकोरुपमा यो नतिजा दक्षिणपन्थी शक्तिले हात परेको बिश्लेषण गरिदैछ ।
यसभन्दा अघिको मारिया द्रागीको बहुदलीय गठबन्धन सरकार यूरोपेली यूनियनले तय गरेको नब उदारबादी एजेण्डालाई लागु गर्ने मूख्य लक्षकासाथ नै गठन गरिएको थियो । द्रागी एकजा टेक्नोक्र्याट थिइन् । उनले यूरोपेली सेण्ट्रल बैंकको पूर्ब प्रमुखकोरुपमा पनि कार्य गरिसकेकी हुन् । सामेल सबै पार्टीहरु जसमा दुइटा घोर दक्षिणपन्थी पार्टीहरु – लीग र फोर्जा इटालिया – पनि सामेल थियो, द्रागी सरकारमा शामेल भइसकेको थियो । तर ब्रदर्स पार्टीले त्यसप्रतिको दूरी कायम राखि रह्यो ।
यूरोपेली संघ र त्यसको मीतब्ययी उपदेशमाथिको निरन्तर हमलालाई ती श्रमजीवी जनताको पनि समर्थन मिल्यो जो पूँजीवादी संकट तथा कोरोना महामारीबाट अत्यन्तै नराम्रो किसिमले प्रभाबित र पीडितहरु हुन् । घोर दक्षिणपन्थीहरु अफ्रिकाबाट आइरहेका प्रबासीहरुको लहरलाई खलनायक बनाउन सफल हुन सके कि उनीहरुले इटालीबासीको सुरक्षा तथा रोजगारीका लागि खतरा पैदा गरिरहेका छन्, जबकि आर्थिक संकटलाई लिएर आफ्ना लोकरंजक(लोकप्रिय) लफ्फाजीलाई पनि तिनले जारी राखेका छन् ।
पूरै यूरोले यतिबेला घोर दक्षिणपन्थी शक्तिहरुको उभार, प्रबासीहरुको डर, बिदेशीप्रतिका द्वेष तथा नश्लबादमाथि फल्दो फूल्दो यस्तै किसिमको ढाँचा(प्याटर्न)लाई नै देखाइरहेको छ । उनीहरु सोशल डेमोक्रेटहरु तथा मध्यमार्गी पार्टीहरुद्वारा नब उदारबादी शासन समक्ष गरिएको आत्मसमर्पणका कारण पैदा भएको शून्यतालाई जसमा उनीहरुले असन्तोषलाई एकत्रित हुन दिनका लागि घोर दक्षिणपन्थी लोकप्रिय शब्दाडम्बर(लफ्फाजी)का लागि मैदान खाली छोडेको थियो त्यसलाई भजाउन पनि पुर्ण सफल भइरहेको देखिदैछ ।
इटालीको चुनावभन्दा केही दिन पहिले मात्र स्वीडेमा पनि एउटा दक्षिणपन्थी गठबन्धनले चुनाव जितेको थियो । त्यहाँ एउटा घोर दक्षिणपन्थी पार्टी – स्वीडीस डेमोक्रेटलाई ठूलो सफलता मिलेको थियो । दक्षिणपन्थी गठबन्धन सरकार पछि त्यही नै मूख्य शक्ति बनेर रहेको छ । बास्तवमा स्वीडीस डेमोक्रेट्सलाई पनि उसको आफ्नो ठूलो प्रबासी बिरोधी तथा बिदेशी – द्वेष भएको मञ्चको माध्यमबाट नै त्यो सफलता पनि मिलेको हो ।
इटालीको कुरा गर्दा त्यहाँ बर्षौ पहिलादेखि नै बामपन्थ कुनै प्रभावी चुनावी शक्ति रहन सकेको थिएन । १९९० को दशकमा यूरोपको सबैभन्दा पुरानो कम्युनिष्ट पार्टीलाई समाप्त पारिए पछि एउटा आमूल परिबर्तन चाहने बामपन्थी पार्टीलाई पुन एकजुट गराउने तथा यसलाई पुनर्निर्मित गर्ने प्रयास गरिएको पनि थियो । एउटा समय यस्तो पनि आएको थियो जतिबेला कम्युनिष्ट रिफाउण्डेशनले एउटा राजनीतिक शक्ति बन्ने किसिमको रंग पनि देखायो । तर पार्टी बिभाजन हुन जानाले उसले पनि धक्का खायो । एउटा नयाँ बामपन्थी मञ्च – यूनियन पोपोलर अहिलेको चुनावभन्दा केही महिना अगाडि मात्र गठान गरिएको थियो । त्यसमा कम्युनिष्ट रिफाउण्डेशन समेतका केही बामपन्थी दलहरु सामेल रहेका छन् । तर चुनावभन्दा पहिला धेरै नै कम समय मिलेकाले गर्दा त्यो चुनाव मार्फत समुचित दबाव दिने र सफल हुने कुरामा बिफल रह्यो । चार प्रतिशत मत ल्याउन पनि सकेन । पाउन सकेको भए उसले प्रतिनिधित्व पाउँदथ्यो । तर अहिले पछिल्लो समय के तय नै छ भने आफ्नो चुनाव पूर्बको होहल्लाको शब्दाडम्बरहरु जे जस्तो चलाएको भए पनि बर्तमान घोर दक्षिणपनथी सरकारले ठूला ब्यबसायिकहरुको हितमा या तिनको एजेण्टकोरुपमा काम गर्ने छ । त्यसबाट एउटा सबल बामपन्थी बिकल्प र हस्तक्षेपको बाटो खुल्नेछ ।
इटालीको यो चुनावको परिणामबाट जे शिक्षा मिलेको छ त्यो महत्वपूर्ण छ र खाशगरी यूरोपका बापन्थीहरुकाक लागि निकै नै महत्वपूर्ण र ध्यान दिन योग्छ । त्यो हो – नब उदारबादी शासन सत्तासँग कुनै पनि किसिमको सम्झौता या सामञ्जस्यता हुन सक्तैन । केवल नब उदारबादी सरकारहरुद्वारा श्रमजीवी जन समुदायमाथि गरिने हमलाका बिरुद्ध लडेर मात्रै यो घोर दक्षिणपन्थी खतरालाई रोक्न सकिने छ । किनभने त्यो नब उदाबादी पूँजीवादले ल्याएका बर्बादीहरु नै हुन् जसले घोर दक्षिणपन्थका लागि आधार तयार गरिदियो अर्थात घुस्ने बाटो बनाइदियो । त्यहाँ ततकालै एउटा बापन्थी संयुक्त मञ्च बनाउन अत्यावश्यक भइसकेको बिश्लेषकहरु निष्कर्श निकालिरहेका छन् । घोर दक्षिणपन्थी सरकारको चरित्र र नब फासीबाद खतरालाई मध्यनजर राखेर संघर्षरत जनताको एकता तल्लो स्तरदेखि नै कायम गरिनु पर्ने आवश्यकता पनि औंल्याउन थालिएको छ । अनि इटालीका जनताको फाँसीबाद बिरोधी संघर्षको जुन एउटा असल शक्तिशाली परम्परा बिरासतकोरुपमा रहेको छ त्यसहलाई पुन: पुनर्जीवित गर्नु र अगािड बढाउनु पर्ने अनिवार्य आवश्यकता बनेको पनि निचोड निकालिदैछ ।
पूरै यूरोमा यतिबेला घोर दक्षिणपन्थी शक्तिहरुको उभार, प्रबासीहरुको डर, बिदेशीप्रतिका द्वेष तथा नश्लबादमाथि फल्दो फूल्दो यस्तै किसिमको ढाँचा(प्याटर्न)लाई नै देखाइरहेको छ । उनीहरु सोशल डेमोक्रेटहरु तथा मध्यमार्गी पार्टीहरुद्वारा नब उदारबादी शासन समक्ष गरिएको आत्मसमर्पणका कारण पैदा भएको शून्यतालाई जसमा उनीहरुले असन्तोषलाई एकत्रित हुन दिनका लागि घोर दक्षिणपन्थी लोकप्रिय शब्दाडम्बर(लफ्फाजी)का लागि मैदान खाली छोडेको थियो त्यसलाई भजाउन र पुर्न सफल भइरहेको देखिदैछ ।
इटालीको चुनावभन्दा केही दिन पहिले मात्र स्वीडेमा पनि एउटा दक्षिणपन्थी गठबन्धनले चुनाव जितेको थियो । त्यहाँ एउटा घोर दक्षिणपन्थी पार्टी – स्वीडीस डेमोक्रेटलाई ठूलो सफलता मिलेको थियो । दक्षिणपन्थी गठबन्धन सरकार पछि त्यही नै मूख्य शक्ति बनेर रहेको छ । बास्तवमा स्वीडीस डेमोक्रेट्सलाई पनि उसको आफ्नो ठूलो प्रबासी बिरोधी तथा बिदेशी – द्वेष भएको मञ्चको माध्यमबाट नै त्यो सफलता पनि मिलेको हो ।
इटालीको कुरा गर्दा त्यहाँ बर्षौ पहिलादेखि नै बामपन्थ कुनै प्रभावी चुनावी शक्ति रहन सकेको थिएन । १९९० को दशकमा यूरोपको सबैभन्दा पुरानो कम्युनिष्ट पार्टीलाई समाप्त पारिए पछि एउटा आमूल परिबर्तन चाहने बामपन्थी पार्टीलाई पुन एकजुट गराउने तथा यसलाई पुनर्निर्मित गर्ने प्रयास गरिएको पनि थियो । एउटा समय यस्तो पनि आएको थियो जब कम्युनिष्ट रिफाउण्डेशनले एउटा राजनीतिक शक्ति बन्ने किसिमको रंग पनि देखायो । तर पार्टी बिभाजन हुन जानाले उसले पनि धक्का खायो । एउटा नयाँ बामपन्थी मञ्च – यूनियन पोपोलर अहिलेको चुनावभन्दा केही महिना अगाडि मात्र गठान गरिएको थियो । त्यसमा कम्युनिष्ट रिफाउण्डेशन समेत केही बामपन्थी दलहरु सामेल रहेका छन् । तर चुनावभन्दा पहिला धेरै नै कम समय मिलेकाले गर्दा त्यो चुनाव मार्फत समुचित दबाव दिने र सफल हुने कुरामा बिफल रह्यो । चार प्रतिशत मत ल्याउन पनि सकेन । पाउन सकेको भए उसले प्रतिनिधित्व पाउँदथ्यो । तर अहिले पछिल्लो समय के तय नै छ भने आफ्नो चुनाव पूर्बको होहल्लाको शब्दाडम्बरहरु जे जस्तो चलाएको भए पनि बर्तमान घोर दक्षिणपनथी सरकारले ठूला ब्यबसायिकहरु हितमा या तिनको एजेण्टकोरुपमा काम गर्ने छ । त्यसबाट एउटा सबल बामपन्थी बिकल्प र हस्तक्षेपको बाटो खुल्नेछ ।
इटालीको यो चुनावको परिणामबाट जे शिक्षा मिलेको छ त्यो महत्वपूर्ण छ र खाशगरी यूरोपका बापन्थीहरुकाक लागि निकै नै महत्वपूर्ण र ध्यान दिन योग्छ । त्यो हो – नब उदारबादी शासन सत्तासँग कुनै पनि किसिमको सम्झौता या सामञ्जस्यता हुन सक्तैन । केवल नब उदारबादी सरकारहरुद्वारा श्रमजीवी जन समुदायमाथि गरिने हमलाका बिरुद्ध लडेर मात्रै यो घोर दक्षिणपन्थी खतरालाई रोक्न सकिने छ । किनभने त्यो नब उदाबादी पूँजीवादले ल्याएका बर्बादीहरु नै हुने जसले घोर दक्षिणपन्थका लागि आधार तयार गरिदियो अर्थात घुस्ने बाटो बनाइदियो । त्यहाँ ततकालै एउटा बापन्थी संयुक्त मञ्च बनाउन अत्यावश्यक भइसकेको बिश्लेषकहरु निष्कर्श निकालिरहेका छन् । घोर दक्षिणपन्थी सरकारको चरित्र र नब फासीबाद खतरालाई मध्यनजर राखेर संघर्षरत जनताको एकता तल्लो स्तरदेखि नै कायम गरिनु पर्ने आवश्यकता पनि औंल्याउन थालिएको छ । अनि इटालीका जनताको फाँसीबाद बिरोधी संघर्षको जुन एउटा शक्तिशाली परम्परा बिरासतकोरुपमा रहेको छ त्यसहलाई पुन: पुनर्जीवित गर्न र अगािड बढाउनु पर्ने अनिवार्य आवश्यकता बनेको देखिन्छ ।