शनिबार, आश्विन १७ गते २०८३

हिमालयन बैंक र ट्राभल राइट सम्झौता, विमानस्थलमा प्रायोरिटी चेक इन सुविधा 

आश्विन १४, २०७९ शुक्रबार
हिमालयन बैंक र ट्राभल राइट सम्झौता, विमानस्थलमा प्रायोरिटी चेक इन सुविधा 

 


हिमालयन बैंक लिमिटेड र ट्राभल राइट प्रा. लि. (भिस्तारा एयरलाइन्स) गते एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार भिस्तारा एयरलाइन्सले हिमालयन बैंकका अमेरिकन एक्सप्रेस गोल्ड क्रेडिट कार्ड, भीसा गोल्ड क्रेडिट कार्ड तथा मास्टरकार्ड गोल्ड क्रेडिट कार्डबाहकहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंमा प्रायोरिटी चेक इन सुविधा प्रदान गर्ने भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका महाप्रबन्धक उज्ज्वल राजभण्डारी र ट्राभल राइट प्रा. लि. (भिस्तारा एयरलाइन्स) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीरज रिमालले हस्ताक्षर गरेका हुन् ।

हाल बैंकले नेपालभरि फैलिएको कूल ७४ शाखा, ५ विस्तारित काउन्टर, १५४ एटीएम र ६,००० भन्दा बढी पीओएस बाट सेवा प्रदान गर्दै आएको छ । विश्वभर प्रचलनमा रहेको प्रसिद्ध कार्ड ब्राण्डहरु जस्तै अमेरिकन एक्सप्रेस, मास्टरकाड, भीसा, युनियन पे, जेसिबी, डाइनरस् डिस्कभर, आदि आफ्नो नेटवर्कमा स्वीकार गर्ने हिमालयन बैंक नेपालको एक मात्र बैंक हो  । यसै गरी भिस्तारा एयरलाइन्स भारत भित्र तथा बाहिर गरी ३९ गन्तव्यहरुमा आफ्ना ५० वटा वायुयानहरु बाट दैनिक २५० भन्दा बढी उडानहरु सञ्चालन गर्दै आएको छ ।