बिश्व मुटुराेग दिवस सन्दर्भ
अनियमित दिनचर्या, तनाब, खानपिनमा बढ्दो लापारबाही, पर्याबरणमा बढ्दो प्रदुषण तथा कतिपय अन्य कारणले समेत आजको समयमा मुटु सम्वन्धि समस्या तीब्र किसिमले बढि रहेको छ । बृद्ध र जेष्ठ नागरिकहरुमा मात्र होइन, सानै उमेरका बाल बच्चाहरु लगायत तन्देरी किशोर किशोरीहरुमा पनि यो मुटुको बिमारी देखिने र बढ्ने गरेको पाइएको बिज्ञहरु बताउँदछन् । यसरी आज यो मुटुको बिमारी बिश्वभरी नै गम्भीर समस्याको रुपमा फैलिरहेको देखिएको छ । त्यसैले बिश्व भरीका मानिसहरुलाई मुटुको बढ्दो रोगका बारेमा बताउने र त्यसबाट बच्नका लागि हरेक बर्ष २९ सेप्टेम्बरका दिन ‘बिश्व मुटु दिवस’ मनाउने गरिएको छ । यो दिवस मनाउन सन् २००० देखि आरम्भ गरिएको थियो । यस दिवसको आरम्भ बिश्व मुटु संघका निर्देशक एण्टोनी बेस दे लुनाले बिश्व स्वास्थ्य संघसँग मिलेर गरेका थिए । जसबाट मानब मुटुको रोगहरुका बारेमा थाहा पाएर स्वास्थ्य जीवन शैली अपनाएर मुटु रोगबाट टाढै रहने या बच्ने काममा जागरुपता आउन थाल्यो ।
आज बिश्वमा लाखौं मानिसहरु यस्ता छन् जो मुटुको रोगसँग जुधिरहेका छन् । बिश्व स्वास्थ्य संगठनका अनुसार मुटुको रोग या बिमारीका कारणबाट हरेक बर्ष लगभग १७.९ मिलियन( एक मिलियन भनेकाे १० लाख) मानिसहरुको मृत्यु हुत्यु हुने गरेको तथ्यांक छ । यो बिश्व मृत्यु दरको ३१ प्रतिशत हो । यसमा छिमेकी भारतकै मात्र कुरा गर्ने हो भने पनि हरेक बर्ष त्यहाँ २० लाख मानिसहरु मुटु बिमारीको शिकार हुने गर्दछन् र तिनमा अधिकांश भने यूवा समुदायकै मानिसहरू छन् । भनिन्छ, शरह बजारमा रहने गरेका यूवाहरुमा गाउमा रहने यूवाहरुको तुलनामा तीन गुणा बढी मुटु रोग हुने गरेको छ । यो सबै गलत जीवन शैली, तनाब, ब्यायामबाट बिमुख तथा खानेपिने कुरामा लापरबाहीले गर्दा मुटुरोग बढ्ने र फैलने गरेको उल्लेख गरिन्छ । मुटुको बिमारीको सबैभन्दा गम्भीर खतरा हालसलमै देखा परेको पनि बताइन्छ । त्यसमाथि थप कम उमेर समूहका मानिसहरुमा पनि यसको बढ्दोरुपमा आक्रमण हुने गरेको औंल्याइन्छ । भारतको कुरा गर्दा त त्यहाँ बिश्वमै मुटु रोगीहरुको सबैभन्दा बढी संख्या पुगिसकेको बताइएको छ ।

आज त के पनि भनिन्छ भने यो मुटुको रोग बिश्वको सबैभन्दा एक नम्बरको किलरको रुपमा देखा परेको छ । पहिला पहिला बिश्वभरमा अधिक मृत्युको कारण संक्रामक रोगहरु र भोकमरीलाई मानिने गरिन्थ्यो र मुटुको रोग सम्पन्न देशहरुको धनाढ्यहरूको रोग मात्र ठानिन्थ्याे । रोगको दर पनि त्यसरी नै फैलिएको देखिन्थ्यो । तर आज यो मुटुको रोग आम सर्ब साधारण मानिसको रोगकोरुपमा फैलिएको छ । तथ्यांकहरुले के बताउँद छन् भने एशियाली देशमा कूल मृत्युको ५० प्रतिशतको कारण मुटुकै रोगलाई मानिन थलिएको छ । बिकासशील देशहरुमा त मुटुको बिमारीका कारणले नै निम्न र मध्यम आय बर्गका ८० प्रतिशत मानिसहरुले ज्यान गुमाउने गरेकाे तथ्यांक छ । यद्यपि आज त कुनै पनि देश यो बिमारबाट अछुतो रहेको पाइदैन । यही कारण हो कि आजको बिश्वको बिशाल दुनियालाई यो सानो मुटुको चिन्ताले नराम्रोसँग पिरोलिरहेको छ ।
अहिले अन्यत्रलाई परै राखेर छिमेकी भारतको मात्र कुरा गर्दा भारतमा मुटु रोगको स्थिति भयावहरुपमा फैलिन पुगेको छ र बिश्वमा ६० प्रतिशत मुटु रोगीहरु भरतमै रहेका छन् । भारतका लागि यो तथ्यांक अझ बढी भयावहकारी छ । तथ्यांकहरुले बताउँदछन् कि मुटुको रोग र यसको आघातको सबैभन्दा बढी खतरा भारतमै रहेको छ । त्यसमा पनि बढी चिन्ताको कुरा के छ भने यो रोग ३० देखि ४० बर्ष उमेर समूहकाक यूवाहरुमा अझ धेरै फैलिन पुगेको बताइन्छ ।
इण्डियन हर्ट एशोसिएशनको पछिल्लो एउटा प्रतिबेदनका अनुसार भारतमा करीब २५ प्रतिशत मुटुका बिमारीहरुको उमेर ४० बर्षभन्दा कम उमेर समूहका मानिस छन् । वास्तवमा यो तथ्यांक पश्चिमा देशहरुकोभन्दा दोब्बर प्रतिशतले बढी देखिन्छ । भारतमा अझ ग अर्काे गम्भीर कुरा त के पनि देखिएको छ भने यो मुटु रोग पहिला पुरुषहरुमा बढी देखिन्थ्यो तर अहिले आएर महिलाहरुमा यसको प्रकोप तीब्ररुपमा बढेको छ । कतिपय अनुसन्धानहरुबाट के पत्तो लागेको बताइएको छ भने बिश्वका कूल महिलाहरु जसलाई हृदय या मुटु सम्बन्धि रोग छ, त्यसको १५ प्रतिशत त भारतकै महिलाहरुमा रहेको तथ्यांक छ ।
मुटु रोगसँग सम्वन्धित बिमारी कुनै पनि उमेर समूहको र कोही पनि हुन सक्छ । यसका लागि कुनै निर्धारित उमेर समूह छैन । भनिन्छ यो डरलाग्दो मुटु रोगको बादल भारतमा बढी घना कालो र भयावह देखा परेको छ । मुटुसँगको लापरबाही र बेवास्ताकै कारणले वास्तवमा बिश्व भर यस सम्वन्धि रोग बढ्दो र फैलिदो छ । पछिल्लो अभिलेख अनुसार भारतमा यस रोगबाट आक्रान्त मानिसहरुको संखया १०.२ करोड पुगिसकेको छ । यद्यपि भारतलाई योग सँस्कृति र संस्कारले सुसज्जित देश मानिन्छ र त्यो परम्परामा चल्ने हो भने मुटु रोगको खतरा सबैभन्दा कम हुनु पर्ने मानिन्छ । अनि भारतको यो असल परम्परालाई अपनाएर पश्चिमा देशहरु मुटु रोगको खतरालाई कम गर्न थालेका छन् तर भारतमा भने ‘आइज गोरु मलाई मार’ उपमा चरितार्थ भइहेको गुनासो सुनिन्छ ।
मुटु रोग गलत खानपिन, ब्यायामबाट बिमुख, धुम्रपान तथा मादक द्रब्यहरुको सेवन, बढी शारिरीक तौल, उच्च रक्तचाप एबं मधुमेह अर्थात चिनी रोग आदिले गर्दा यसको खतरा अझ बढ्न सक्छ । त्यसैले यो फैलिदो र बढ्दो मुटु रोगका कारणले बढ्दो मृत्यु दरबाट जोगिन यो रोगप्रति गम्भीर बन्नु र आवश्यक सबै उपाय अबलम्बन गरिनु अत्याबश्यक छ । समय छँदै मुटु रोगबाट मुक्त हुन या यसलाई रोक्न सकिएन भने यो बिमारी बास्तवमा बिश्वका लागि ठूलो चूनौति बन्न सक्छ । यस कारण के जरुरी छ भने मुटुकाप्रति निकै साबधानी अपनाएर चल्न सक्नु र सिक्नु पर्दछ । अनि मात्र गम्भीर बिमारीबाट बच्न सकिनेछ ।