नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकहरुले ब्याजदर बढाएर उद्योगी व्यवसायीलाइ अम्ठ्यारो पारेको बताएका छन् । उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बैंक तथा वित्तीय समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले ब्याजदर नियन्त्रण नभए सरकार र राष्ट्र बैंकलाई उद्योगको चाबी बुझाउने उनको भनाइ छ ।
तरलता संकटलाई देखाएर पहिल्यै लिएको ऋणमा समेत अधिक ब्याज लिइएको भन्दै उनले बैंकहरुलाई उपभोक्ता संरक्षण ऐन अन्तर्गत कारबाही गर्नुपर्ने माग छ । ‘बैकहरुले उद्योगी व्यवसायीमाथि ठगी गरेका छन् । निक्षेपको ब्याजदर बढाएर निक्षेप संकलन गरी त्यसमा प्रिमियम जडेर ऋणिमाथि थप बोझ थोपरेका छन्,’ श्रेष्ठले थपे, ‘तत्काल बैंकको ब्याज नियन्त्रण नगरे सरकार र राष्ट्र बैंकलाई उद्योग र व्यवसायको चाबी बुझाउँछौं ।’