चीनीयाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशनका लागि २, २९६ प्रतिनिधि निर्बाचित गरिएको गएको आइतबार जारी एक आधिकाकरिक बक्तब्यमा जनाइएको छ ।
त्यस अनुसार ती प्रतिनिधिहरु बिभिन्न ३८ निर्वाचन इाकाईका बीचबाट चुनिएका हुन् । ती चुनिएका चिनीया म्युनिष्ट पार्टीका ९६.७ मिलियन अर्थात ९ करोड ६७ लाखभन्दा बढी पार्टी सदस्यहरुलाई प्रतिनिधित्व गर्ने सदस्यहरु बैचारिक तथा राजनीतिक रुपले अत्याधिक योग्य, उत्कृष्ट कार्यशैली र उच्च नैतिक मानक भएका मानिन्छन् र राज्यका बिभिन्न मामिलामा चर्चा परिचर्चा गर्न सक्षम तथा आफ्नो क्षेत्रमा उकृष्ट काम गरेर उपलब्धी पाइसकेका अनुभवी ब्यक्तित्व ठानिन्छन् ।
ती प्रतिनिधिहरुमा नेतृत्वको स्थितिमा पार्टीका सदस्यहरु, सबभन्दा तल्लो स्तरका मानिसहरु, धेरैसंख्यामा महिला पार्टी सदस्यहरु र जातिय अल्पसंख्यक समुदायका सदस्यहरु सामेल रहेका छन् ।
तिनीहरु जीवनका प्राय: सबै क्षेत्र जस्तै अर्थब्यवस्था, राष्ट्रिय रक्षा, कानुन प्रबर्तन, शिक्षा, स्वास्थ्य, खेलकूद र सँस्कृति आदिबाट प्रतिनिधित्व गर्दछन् ।
आगामी पार्टी महाधिवेशनमा सहभागी हुनुभन्दा पहिला ती प्रतिनिधिहरुको बिशेष समीक्षा समितिद्वारा पात्रताको सत्यापन गर्ने गरिन्छ ।
गएको अगष्टमा सीपीसी केन्द्रिय समितिको राजनैतिक ब्यूरोको एक बैठकमा १६ अक्टोबरका दिन बेइजिङ्गमा सीपीसीको २०औं राष्ट्रिय महाधिबेशनको आयोजना गरिने निर्णय लिइएको थियो ।
यो प्रस्ताव १९औ सीपीसी केन्द्रिय समितिको सातौं पूर्ण सत्रमा प्रस्तुत गरिने छ जुन आगामी ९ अक्टोबरका दिन बेइजिङ्गमा बोलाइएको छ ।
हरेक पाँच बर्षमा आयोजना गरिने महाधिवेशनबाट आउदो बर्षमा देशको बिकासको खाका कोरिने अपेक्षा गर्ने गरिन्छ ।