शनिबार, आश्विन १७ गते २०८३

साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त एक आपसमा गाभिए

आश्विन ९, २०७९ आइतबार
साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त  एक आपसमा गाभिए

नेपलाका प्रतिष्ठित एवम् प्रमुख दुई थोक-कर्जा प्रदायक लघुवित्त संस्थाहरु क्रमशः साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. एक आपसमा गाभिएर साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट सञ्चालन हुने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

Merger 1.JPG
     मर्जरपछि हुने अन्तरिम सञ्चालक समितिमा श्री खेम बहादुर पाठक अध्यक्ष, डा. शिवराम प्रसाद कोईराला प्रमुख कार्यकारी अधिकृत र श्री ज्योति चन्द्र ओझा प्रमुख कार्यकारी अधिकृतपछिको कार्यकारी पदमा रहने सहमति भएको छ । साथै, दुबै संस्थाका संस्थापक समूहबाट २/२ जना, सर्वसाधारण समूहबाट १/१ जना र १ जना स्वतन्त्र सञ्चालक रहने व्यवस्था मिलाईएको छ ।

merger 2.jpg
     आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १०० शेयरलाई मर्जरपछि ८७ शेयर (१०० ः ८७) कायम हुने गरी शेयर आदान प्रदान अनुपात (स्वाप रेशियो) कायम गर्ने समेत सहमति भएको छ ।
     मर्जर पछि यस लघुवित्त वित्तीय संस्थाको पुँजी कोष रु. ७ अर्बभन्दा बढी हुनेछ भने लगानीमा रहेको कर्जा करिब रु. ४३ अर्ब पुग्नेछ ।

Merger 3.jpg
     नेपाल राष्ट्र बैंकले अख्तियार गरेको मर्जर सम्बन्धी नीतिको सम्मान गर्दै नेपालको कृषि तथा लघुवित्तको क्षेत्रमा लगानी गर्ने बैकल्पिक एवम् सबल विशिष्टिकृत वित्तीय संस्थाको खाँचो पुरा गर्न र समाजका विपन्न तथा सिमान्तकृत वर्गमा सहज एवम् सरल वित्तीय पहुँच अभिवृद्धिका लागि नेपाल सरकारको एक सशक्त एवम् जिम्मेवार वित्तीय साझेदारको रुपमा स्थापित हुन यो मर्जर गरिएको हो .

     नेपाल सरकार, अर्थमन्त्रालयका वित्त सल्लाहकार डा. शालिकराम पोख्रेलको प्रमुख आतिथ्यमा ईन्द्रेणी होटेल, नयाँ बानेश्वरमा मिति २०७९ भाद्र ३१ गते शुक्रबार भएको समझदारी पत्र हस्ताक्षर कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष श्री खेम बहादुर पाठक र मर्जर उपसमितिका संयोजक श्री उमेश लम्साल तथा आरएमडीसी लघुवित्त वित्तीय संस्था लि.का अध्यक्ष श्री सुजाता जोशी र संयुक्त मर्जर समितिका संयोजक श्री भिम प्रसाद तिम्सिनाले समझदारी पत्रमा हस्ताक्षर गरी आदान प्रदान गर्नु भएको थियो ।
     कार्यक्रममा दुबै वित्तीय संस्थाका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृतहरु, उच्चपदस्थ अधिकारीहरु, मर्जर समितिका पदाधिकारीहरु, पत्रकार तथा अन्य पाहुनाहरुको उपस्थिति थियो ।