शनिबार, आश्विन १७ गते २०८३

आयातको तुलनामा निर्यात नगन्य, दुई खर्बको आयात हुदाँ २८ अर्बको निर्यात

आश्विन ९, २०७९ आइतबार
आयातको तुलनामा निर्यात नगन्य, दुई खर्बको आयात हुदाँ २८ अर्बको निर्यात

चालू आर्थिक वर्षको दुई महिनामा दुई खर्ब भन्दा बढीको बस्तु आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा मुलुकले २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख ५२ हजार रुपैयाँको वस्तु आयात गरेको हो ।

गत वर्षको सोही अवधिमा नेपालले ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख रुपैयाँको आयात गरेको थियो । जुन गत वर्षको तुलनामा १३ प्रतिशतले आयात घटेको हो । विभागको तथ्याङ्अनुसार दुई महिनाको अवधिमा नेपालले २८ अर्ब ६८ करोड ४ लाख ३७ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । नेपालले गत वर्षको सोही अवधिमा ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो । जुन गत बर्षको तुलनामा ३४.८८ प्रतिशतले निर्यात घटेको देखिएको छ ।

यस अवधिमा  सबैभन्दा बढी डिजेल आयात गरेको छ । १८ अर्ब ४२ करोड १५ लाख रुपैयाँको डिजेल आयात गरेको छ भने १२ अर्ब १८ करोड ९४ लाख रुपैयाँको पेट्रोल आयात गरेको छ । मुलुकले दुई महिनाको अवधिमा सबैभन्दा बढी पामोलिन तेल २ अर्ब ४७ करोड ४९ लाख रुपैयाँको निर्यात गरेको छ भने २ अर्ब १३ करोड ५५ लाख रुपैयाँको कार्पेट निर्यात गरेको छ ।