(फाेटाे : साभार खबर ब्यूराे)
नेपाल कम्युनिष्ट पार्टीले समानुपातिक निर्बाचनतर्फकाे बन्द सूचि हिजाे निर्वाचन आयोगमा बझाएकाे छ । हिजो अपरान्ह नेपाल कम्युनिष्ट पार्टीका समानुपातिकका उम्मेद्वारहरुकाे बन्द सूची लिएर निर्वाचन आयोग पुगेका पार्टीका केन्द्रिय सचिव रामदुलार महतोले संघीय समानुपातिक तथा प्रदेश नं १ र प्रदेश नं. २ का उम्मेद्वारहरुको बन्द सूचि बुझाएका थिए ।
निर्वाचन आयोगबाट लोकनारायण सुबेदी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गत २०७९ असार १३ गते बिधिवत मान्यता पाएपछि याे पहिलाे पटक निर्वाचन आयोागमा उम्मेद्वारको बन्दसूचि पेस गरेको हो ।
पार्टीले ६० दसदस्यीय बन्द सूची प्रस्तुत गरेकाे जनाएकाे छ ।