शनिबार, आश्विन १७ गते २०८३

एक स्टक एक्सचेञ्ज र दुइ कमोडिटी एक्स्चेञ्ज खोल्न धितोपत्र बोर्डले माग्यो आवेदन

आश्विन २, २०७९ आइतबार
एक स्टक एक्सचेञ्ज र दुइ कमोडिटी एक्स्चेञ्ज खोल्न धितोपत्र बोर्डले माग्यो आवेदन

 

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्ज खोल्नका लागि ४५ दिनको म्याद तोकेर आवेदन माग गरेको छ । त्यसैगरी बोर्डले दुई कमोडिटी एक्सचेञ्ज र धितोपत्र दलाल लाइसेन्स पनि खुलाएको छ।

सरकारले विनियमावली पारित भएर आएसँगै बोर्डले आइतबार यी लाइसेन्स खुलाएको हो। हाल नेपालमा एकमात्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सञ्चालनमा रहेको छ । 

त्यसैगरी बोर्डले नेपालमा पहिलो पटक कमोडिटी एक्सचेञ्ज (वस्तु विनिमय कम्पनी) पनि खोल्ने तयारी गरेको छ। वस्तु विनियम बजार सञ्चालनका लागि बोर्डले  आवेदन माग गरेको सूचना प्रकाशित गरेको छ। हाललाई दुई वटा कम्पनीका लागि आवेदन मागिएको छ । 

बोर्डले सेयर ब्रोकरका लागि पनि ३० दिनभित्र आवेदन दिन भनेको छ। अहिले नेप्से अन्तर्गत ५० वटा ब्रोकर कम्पनी रहेका छन्।