शनिबार, आश्विन १७ गते २०८३

नबिलको जेन अल्फा स्किम सार्वजनिक

भाद्र २९, २०७९ बुधबार
नबिलको जेन अल्फा स्किम सार्वजनिक

 

नबिल बैंकले नेपालमै पहिलो पटक एपमा आधारित जेनअल्फा स्किम सार्वजनिक गरेको छ । राष्ट्रिय बाल दिवसको अवसर पारेर नबिल बैंकले यस्तो एप सार्वजनिक गरेको हो । 

नबिल जेन अल्फाको ब्राण्ड एम्बेसडरमा समाजसेवी प्रेन्सा रेग्मी, बैंकका अध्यक्ष उपेन्द्र पौडेल र प्रमुख कार्यकारी निर्देशक ढुंगानाले संयुक्त रुपमा एप सार्वजनिक गरेका छन् ।

‘नबिल जेन अल्फा’ १८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावकहरुलाई लक्षित गरि ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित स्किम भएको बैंकका अध्यक्ष उपेन्द्र पौडेलले बताए ।

‘अभिभावकहरूले यस एप मार्फत् आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न सेट गर्न र तोक्न सक्छन्, बालबालिकाहरुले पनि दिइएको कार्य सम्पादन पछि अंक कमाउन सक्छन् र त्यहि अंक लिक गरिएको खातामा पैसाका रुपमा बचत हुने प्रावधान रहेको छ,’ उनले भने ।

यो स्किम मार्फत् बालबालिकाहरुलाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकहरुको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको उनले बताए ।

यस योजना अन्तर्गत नबिल बैंकमा खाता भएका तथा नयाँ खाता खोल्ने ग्राहकवर्गले खाताबाट तोकिएको रकम स्वचालित रुपमा बालबालिकाको खातामा रकमान्तर, बालबालिकाको खातामा रहेको रकमबाट समयसमयमा मुद्धती खातामा जम्मा गर्न सकिनेछ । नबिल जेन अल्फा मोबाइल एप, प्ले स्टोर तथा एप्पल स्टोरबाट डाउनलोड गर्न सकिनेछ ।