शनिबार, आश्विन १७ गते २०८३

नेपालमा ५५ देशको २ खर्ब बढि वैदेशिक लगानी

भाद्र २८, २०७९ मंगलबार
नेपालमा ५५ देशको २ खर्ब बढि वैदेशिक लगानी

 नेपाल राष्ट्र बैंकको गरेको एक सर्वेक्षणले  मुलुकमा  विभिन्न ५५ देशको २ खर्ब बढी लगानी रहेको देखाएको छ । आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४.८ प्रतिशतले वृद्धि भई २ खर्ब २७ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.९ प्रतिशत, सञ्चितिको ३१.६ प्रतिशत र कर्जाको अंश १४.५ प्रतिशत रहेको छ । 

२०७८ असार मसान्तसम्ममा नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये, भारतबाट सबैभन्दा बढी लगानी भएको छ । भारतबाट मात्रै ७५ अर्ब ८१ करोडको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । त्यसपछि क्रमशः चीनबाट ३३ अर्ब रुपैयाँ, आयरल्याण्डबाट १६ अर्ब ४८ करोड रुपैयाँ, सिङ्गापुरबाट १५ अर्ब ४८ करोड रुपैयाँ र सेन्ट किट्स एण्ड नेभिसबाट १४ अर्ब ५१ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।