शनिबार, आश्विन १७ गते २०८३

युवा उद्यमशीलता शिखर सम्मेलन भोलि

भाद्र २७, २०७९ सोमबार
युवा उद्यमशीलता शिखर सम्मेलन भोलि


सरकार र निजि क्षेत्रको साझेदारीमा भोलि काठमाडौंमा नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ हुने भएको छ । सम्मेलनको टाइटल स्पोन्सरमा राष्ट्रिय बाणिज्य बैंक रहने भएको छ । नेपाल सरकारको राष्ट्रिय युवा परिषद् र निजी क्षेत्रबाट विशाल मिडिया ग्रुपको मुल संयोजनमा सिखर सम्मेलनको दोस्रो संस्करण आयोजना हुन लागेको हो । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको बिशेष उपस्थीतिमा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र विशाल मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा मुल आयोजक समितिका संयोजक विशाल गैरेबीच टाइटल स्पोन्सरका समझदारी पत्रमा हस्ताक्षर भएको हाे । 

युवा उद्यमशीलताका लागि बातावरण बनाउदै स्टार्टअपहरुको सङ्ख्यात्मक र गुणात्मक सहभागिता लागि सम्मेलन आयोजना गरिएको आयोजकको भनाइ छ । ७७ वटै जिल्लाबाट प्रतिनिधित्व रहने गरी उद्यमी बन्न चाहने र उद्यम गरिरहेका करिव ५०० जना युवाहरु सम्मेलनमा सहभागी हुने छन् । सम्मेलनमा स्टाटअर्प स्टोरी आदानप्रदान, प्यानल डिस्कसन, समुहगत छलफल, नेटवकीङ्, सफल युवा उद्यमीहरुको प्रस्तुतीसहितको अवार्ड बितरण, उद्यमी मेला, बिश्व बजारमा भइरहेका नवप्रवर्तनीय कार्यको डेमो प्रदर्शन, लगानी सम्झौता, मेन्टरीङ र लगानी सम्झौतालगायतका कार्यक्रमहरु रहेका छन् । सम्मेलनमा नेपाल सरकारको राष्ट्रिय योजना आयोग र बागमती प्रदेश सरकारको उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्रालयसमेत साझेदार रहेको छ ।