नोकिया फोनको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नेपाली बजारमा नोकिया जी११ प्लस सर्वजनिक गरेको छ । जी–सिरिजको सफलतासँगै यस फोनमा नवीनतम एन्ड्रोइड १२, मासिक सुरक्षा अपडेटहरू, गुणस्तर र विश्वभर प्रसिद्ध लामो समयसम्म टिक्ने ब्याट्री ब्याकअप विशेषता रहेको कम्पनीले जनाएको छ ।
नोकियाको यस मोडलमा ३ दिनको ब्याट्री ब्याकअप, तीन वर्षको मासिक सुरक्षा अपडेटहरू र एन्ड्रोइडका तीन संस्करणहरू सुनिश्चित गरिएको जनाइएको छ । यसमा प्रयोगकर्ताहरुको इन्टरफेसबाट स्क्रोल गर्न मिल्ने स्क्रिनसटहरू अनि भर्खरको एन्ड्रोइड १२ को सबै सुबिधाहरु यसमा रहेका छन् ।
३÷६४ जीबीको स्टोरेजमा उपलब्ध यो फोनको मूल्य रु. १९ हजार ४९९ रहेको छ