शनिबार, आश्विन १७ गते २०८३

चूनौतिपूर्ण घडीमा लिज ट्रस प्रधानमन्त्री चुनिइन् 

भाद्र २२, २०७९ बुधबार
चूनौतिपूर्ण घडीमा लिज ट्रस प्रधानमन्त्री चुनिइन् 

बृटेनको प्रधानमन्ंत्री पदको प्रतिस्पर्ध्दामा   विदेश मन्त्री रहेकी लिज ट्रसले भारतीय मूलका ऋषि सुनकालाई पछारेर सत्ताको बागडोर सम्हाल्न सफल भएकी छन् । मार्गरेट थेचर र थेरेसा मे पछि १० डाउनिंग स्ट्रीटमा शीर्ष पद लिन पुगेकी लिज ट्रस तेश्रो महिला प्रधानमंन्त्री हुन् ।  यी तीनैजना महिला प्रधानमन्त्रीहरू सबै कञ्जरभेटिभ पार्टीका हुन् । पूर्ब प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना कालमा लागेको प्रतिबन्धलाई उलंघन गरेको दोषी पाइएको  कारणले गत जुलाईमा उनले प्रधानमन्त्री पदबाट राजीनामा दिनु परेको थियो । 
बृटेनको संसदीय इतिहासमा जुन परिस्थितिमा लिज ट्रस्टलाई प्रधानमन्त्री पदको जिम्मेवारी प्राप्त भएको छ त्यसलाई काँडै काँडाले भरिएको कठिनाई र चूनौतिपूर्ण रहेको उल्लेख गरिदैछ । कोरोना महामारी पछि यूक्रेन–रुस युद्धका कारण बृटेनको अर्थब्यस्थामा गहिरो संकट उत्पन्न भएको छ । यो युद्धले गर्दा यूक्रेनलाई निकै हौसिएर सैनिक सहयोग गर्ने र आर्थिक सहायत दिने जस्ता कार्यले गर्दा उत्पन्न समस्यालाई बृटेन सरकाकरले आफ्नो घरेलु मोर्चाका चूनौति र असफलताहरु ढाकछोप गर्न सक्कने स्थिति रहेको छैन । ऊर्जाको मूल्यमा अत्याधिक  बृद्धिले आम जन साधारणमा ठूलो बोझ परिरहेको छ । मुद्रास्फिति पनि त्यहाँ १३ प्रतिशतले बृद्धि भएको छ । मानिसहरुको आयमा गिरावट आएको छ ।
यी सारा समस्याहरुको सामना कञ्जरभेटि पार्टीको स्वतन्त्र बजार र कर कटौति जस्ता पारम्परिक उपायले मात्र गर्न सकिने बताइदैछ । अब आउदो समयले नै बताउला कि यी तमाम समस्याहरुको सामना गर्नका लागि नब नियुक्त प्रधानमन्त्री ट्रसले कस्तो योजना बनाउने र लागु गर्ने हुन् ।
यद्यपि उनले निर्बाचित हुने बित्तिकै के भनेकी छन् भने उनीसँग करहरुमा कटौति र देशको अर्थब्यस्थालाई बढावा दिनका एक बिशेष साहासिक योजना छ । उनलाई घरेलु मोर्चामा रहेको आर्थिक चूनोतिका अतिरिक्त पूर्ब प्रधानमन्त्री जोन्सनको बिबादास्पद बिरासतको बोझ पनि छ ।