शनिबार, आश्विन १७ गते २०८३

ग्लोबल आइएमई बैंकको २७३औँ एटिएम बुटवलको देवीनगरमा

भाद्र २१, २०७९ मंगलबार
ग्लोबल आइएमई बैंकको २७३औँ एटिएम बुटवलको देवीनगरमा

 

ग्लोबल आइएमई बैंक लिमिटेड देवीनगर शाखाले आफ्नो शाखा परिसरमा दोश्रो एटिएम बुथ सञ्चालनमा ल्याएको छ । नयाँ एटिएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २७३ पुगेको छ ।

उक्त एटिएम सेवाको उद्घाटन बुटवल उपमहानगरपालिका–११ देवीनगरका वडाध्यक्ष रामचन्द्र क्षेत्री तथा बैकका लुम्बिनी प्रदेश प्रमुख रवि श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् । 

एटिएम सेवा समुद्घाटन गर्दै वडा अध्यक्ष क्षेत्रीले बुटवल उपमहानगरपालिकाकै सबैभन्दा ठूलो वडामा रहेको बैकको एटिएमले सेवाग्राहीलाई धेरै सुविधा पुर्याउने बताए ।

मुलुकभर २८९ शाखा रहेको बैंकले २७३ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढि सेवा केन्द्रबाट ३० लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।