नेपाल राष्ट्र बैंकले प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकलाई मर्जरको लागि स्वीकृति प्रदान गरेको छ ।
राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले दुई बैंकलाई मर्जरमा जानका लागि सैद्दान्तिक स्वीकृति दिएको हो । साउनमा यी दुई बैंकले मर्जरमा जाने समझदारी गरेका थिए । सेयर आदानप्रदान अनुपात १ः१ राखेर दुई बैंक मंसिरसम्म एकीकृत कारोबार गर्ने तयारीमा छन्। मर्जपछि बैंकको चुक्ता पुँजी २२ अर्ब रुपैयाँ पुग्नेछ ।
मर्जरपछि बैंकको नाम प्रभु रहने र सीईओमा प्रभु बैंकका सीईओ अशोक शेरचनले नै निरन्तरता पाउने छन् भने सेञ्चुरीका सीइओ मनोज न्यौपाने मर्जपछि प्रभुको डेपुटी सीइओ हुने जनाएका छन् । बैंकको सञ्चालक समितिमा प्रभुका तर्फबाट ४ र सञ्चुरीको ३ गरी ७ सदस्य रहने जनाइएको छ ।