नेपाल आयल निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाका दरले मूल्य बढाएकाे छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलकाे मूल्य घटेकाे भएपनि सञ्चित घाटाकाे तथ्यांक देखाएर निगमले मूल्य बढाएकाे हाे । नयाँ मूल्य अनुसार डिजेल र मट्टीतेलकाे भाउ १७८ रुपैया पुगेकाे छ । बिहिबार राति १२ बजेदेखि लागू हुने गरि निगम सञ्चालक समितिले यस्ताे निर्णय गरेकाे हाे । पेट्राेल, ग्याँस र हवाई इन्धनकाे भने मूल्य स्थिर राखिएकने छ ।