शनिबार, आश्विन १७ गते २०८३

सोभियत संघलाई अँध्यारो सुरुङ्गमा धकेलेर अन्त्य गर्ने नेता गोर्भाचेभको निधन

भाद्र १५, २०७९ बुधबार
सोभियत संघलाई अँध्यारो सुरुङ्गमा धकेलेर अन्त्य गर्ने नेता गोर्भाचेभको निधन

महान लेनिनले सर्बहारा बर्गको क्रान्तिद्वारा स्थापना गरेको र स्तालिनले हुर्काएको बिश्वका श्रमजीवी जनताको शक्तिशाली र प्रेरणादायी समाजबादी सोभियत संघलाई अन्तिमरुपमा अन्तर्ध्वंश र ध्वस्त गर्ने रुसी नेता मिखाइल गोर्भाचोभको ९१ बर्षको उमेरमा अस्पतालमा निधन भएको खबर छ । उनले निकिता ख्रुश्चेभले शुरु गरेको गैर माक्र्सबादी संशोधनबादी बाटोलाई उत्कर्षमा पुर्याएरको र  कथित शीत युद्धको अन्त्य गरेकोमा पश्चिमा पूँजीवादी शक्तिहरुले खुशीको डंका पिटेका थिए र इतिहासको अन्त्य भएको, पूँजीवाद साश्वत रहेको तथा सिद्धान्त सकिएको घोषणा गरेर गोर्भाचेबको बिश्वब्यापी प्रसंशा गरेका थिए ।


 अर्कोतिर श्रमजीवी जनताका प्रबक्ता र प्रयोक्ताहरुले भने माक्सबादी–लेनिनबादी सिद्धान्त र ब्यवहारलाई बद्लिदो राष्ट्रिय अन्तर्राष्ट्रिय भौतिक परिस्थतिको परिप्रेक्षमा शतत नबीकरण र तादाम्यता मिलाउने काम  गरिरहने मार्ग अबलम्बन नगरिदा यसमा बिकृति र बिसंगति आउने र बिश्वका श्रबजीबी बर्ग र मानब जातिको मुक्तिको सपना साकार पार्नमा गतिरोध पैदा हुने शिक्षा लिदै अघि बढ्नु पर्ने आजको युगको माग हुन गएको कुरा औंल्याएका थिए ।