शनिबार, आश्विन १७ गते २०८३

सर्वोच्चले अदालतकाे अवहेलना मुद्दामा मेयर बालेन शाहलाई बाेलायो, ७ दिनको म्याद

भाद्र १३, २०७९ सोमबार
सर्वोच्चले अदालतकाे अवहेलना  मुद्दामा मेयर बालेन शाहलाई बाेलायो, ७ दिनको म्याद

 

सर्वोच्च अदालतले अवहेलना मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश जारी गरेको छ ।

त्यसविरुद्ध अधिवक्ता दीपकराज जोशीले अदालतको अनवहेलनाको मुद्दा दायर गरेका थिए । मेयर बालेनले संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतलाई दिउँ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेको र त्यसले  अदालतको अवहेलना गरेको जोशीको तर्क छ। 

‘निवेदकको माग बमोजिम अदालतको अवहेलनामा सजाय किन नहुनुपर्ने होरु  सो आधार कारणसहित यो आदेश प्राप्त भएको मितिले बाटाका म्यादबाहेक सातदिनभित्र आफैं वा आफ्नो कानुन बमोजिमको प्रतिनिधिमार्फत् लिखित जवाफ पेश गर्नु,’ आदेशमा भनिएको छ।

केही समयअघि काठमाडौं महानगरले नर्भिक अस्पतालले भाडामा लिएको सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन खोजेको थियो। नर्भिकले अदालतमा मुद्दा हालेपछि तत्काल ती संरचना नहटाउन अदालतले आदेश दिएको थियो।