शनिबार, आश्विन १७ गते २०८३

खडेरीको मारले यूरोपका ४७ प्रतिशत भूभागमा ठूलो खतरा

भाद्र ११, २०७९ शनिबार
खडेरीको मारले यूरोपका ४७ प्रतिशत भूभागमा ठूलो खतरा

काठमाडौं । यतिबेला  यूरोपेली सङ्घ अपूर्ब खडेरीकाे मार खेपिरहेकाके छ । अहिले युरोपमा देखिएको खडेरी पाँच सय वर्षयताकै खराब भएको बताएको छ । खडेरीका कारण त्याे महादेशका  झण्डै दुई तिहाइ क्षेत्रमा कुनै न कुनै प्रकारको चेतावनी जारी भएको भन्दै सङ्घले यो खराब अवस्था पाँच वर्षयताको खराब भएको बताएको हो ।

अहिले यूरोपमा ४७ प्रतिशत भू–भागमा माटोको चिसोपना सुकेको र थप १७ प्रतिशत भू–भागमा खडेरीको प्रभाव पर्न थालेको सङ्घको प्रतिवेदनमा उल्लेख रहेकाे बताइएकाे छ । खडेरीका कारण उत्पादनमा असर पर्नुको साथै डढेलो बढाउने चेतावनी पनि दिइएको छ । खडेरीका कारण याे बर्ष  २०२२ मा अघिल्ला पाँच वर्षको औसत उत्पादनको तुलनामा मकैको उत्पादन १६ प्रतिशतले, सोयाबिन १५ प्रतिशतले र सूर्यमुखी तेल १२ प्रतिशतले घट्ने पनि यूरोपेली सङ्घले जनाएको छ ।

खडेरी.jpg

यसैगरी यूराेपका प्रायः सबैजसो नदी नलामा पानीको मात्रा घटेको छ । यसले पारवाहन र जलविद्युत् उत्पादनमा पनि समस्या बढेको छ । खडेरीका कारण यूरोपेली नदीमा पानी घटिरहेकाे छ । यसरी पानी घटिरहँदा नदीकाे पानी मुनि छाेपिएर रहेका ऐतिहासिक अबशेष समेत बाहिरैबाट देखिन थालेकाे कुरा पनि बीबीसीले उल्लेख गरेकाे छ । 

प्रकृतिकाे निर्मम दाेहाेन र जथाभावी शाेषणकाे कारण जलवायुमा उत्पन्न परिबर्तनले यस्ताे स्थिति बन्न पुगेकाे अध्येता बैज्ञानिहरूले बताइरहेका छन् ।

EUKhaderi.jpg