शनिबार, आश्विन १७ गते २०८३

वित्तीय अपराध बढ्यो, सचेत हुन बैंकका सीइओलाइ प्रहरीको सुझाव

भाद्र ८, २०७९ बुधबार
वित्तीय अपराध बढ्यो, सचेत हुन बैंकका सीइओलाइ प्रहरीको सुझाव

 

पछिल्लो समय वित्तीय अपराध बढ्दै गएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु ९सीइओ०सँग छलफल गरेको छ ।

मोबाइल तथा डिजिटल कारोबार बढेसँगै नयाँ खाले प्रविधि प्रयोग गरी वित्तीय अपराध बढेको भन्दै आज सीआईबी प्रमुखसहितको टोलीले त्यसलाइ रोक्ने विषयमा बैंकरहरुसँग छलफल गरेको हो ।

एटीएम फुटाएर पैसा लिने देखि कम्प्युटर सिस्टम ह्याक गरी रकम चोर्ने जस्ता अपराध बढेकोले त्यसलाई न्यूनिकरण गर्नका सीआइबीले छलफल अघि बढाएको हो । तपाइँलाइ चिठ्ठा परेको छ बैंकको फलानो खातामा पैसा पठाउनु भन्दै ह्वाट्एप, भाइबर, म्यासेञ्जर लगायतमा ठगहरुले सन्देश पठाएर सर्वसाधारणलाई ठगिरहेका  विषयमा बैंकरहरु बढी सचेत र संवेदनशील हुनुपर्ने देखिन्छ। 

बैंकहरु संवेदनशील नभइदिँदा यस्ता घटना बढेको सीआइबीका अधिकारीहरुको भनाइ छ । बैंकहरुले राष्ट्र बैंक र सरकारका नीति निर्देशनहरुको हुबहू अनुपालना गर्ने हो भने यस्ता अपराध धेरै हदसम्म रोक्न सकिने दावी सीआइबीको छ । 

प्रविधिको पहुँच बढ्दै गएको भए पनि डिजिटल बैंकिङ कारोबार तथा त्यसको गोपनियताका बारेमा सर्वसाधारण जानकार नभएको कारण अपराध बढेको छ । सर्वसाधारण डिजिटल प्रणालीबाट ठगिने क्रम समेत बढेको छ । प्रहरीका अनुसार हाल मासिकरुपमा औसतमा ७० वटाका दरले वित्तीय अपराधनसम्बन्धी आउने गरेका छन् ।