शनिबार, आश्विन १७ गते २०८३

निर्वाचनकाे खर्च बैंक खातामार्फत् गर्नुपर्ने

भाद्र ७, २०७९ मंगलबार
निर्वाचनकाे खर्च बैंक खातामार्फत् गर्नुपर्ने

 

निर्वाचत आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार हुनेले चुनावी खर्चका लागि चाहिने रकम जम्मा गर्न बैंक खाता खोल्नुपर्ने जनाएको छ।

निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहिताअनुसार प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारको हकमा यस्तो व्यवस्था गरिएको हो। चुनावमा खर्च गर्ने रकम राख्न बैंक तथा वित्तीय संस्थामा खाता खोल्नुपर्ने प्रस्ताव आयोगले गरेको छ। २५ हजारभन्दा रूपैयाभन्दा बढी आर्थिक सहयोग बैंक खातामार्फत लेनदेन गर्नुपर्ने प्रस्ताव आयोगले गरेको हो।

व्यक्ति वा संस्थाबाट चन्दाको रुपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भर्पाइ दिई उम्मेदवार वा दलको खातामा जम्मा गर्नुपर्ने प्रस्ताव गरिएको छ। यसैगरी उम्मेदवारले चुनावी खर्चका लागि पदाधिकारी तोक्नुपर्ने भएको छ। प्रस्तावित निर्वाचन आचारसंहिताअनुसार प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा निर्वाचनमा आफूले खर्च गर्ने अनुमानित रकम र सोको स्रोत खुलाउनुपर्नेछ।