शनिबार, आश्विन १७ गते २०८३

हिमालयन बैंकको नगद काउण्टर कान्ति बाल अस्पतालमा

भाद्र ६, २०७९ सोमबार
हिमालयन बैंकको नगद काउण्टर कान्ति बाल अस्पतालमा

 

हिमालयन बैंक लिमिटेडले महाराजगंज स्थित कान्ति बाल अस्पतालमा नगद संकलन काउन्टर संचालनमा ल्याएको छ । बैंक र अस्पतालले एक समारोह बीच नगद संकलन काउन्टर संचालन गर्ने  सम्झौता गरेको छ । 

बैंकले अस्पतालमा उक्त सेवा २४ सै घण्टा प्रदान गर्नेछ । सो काउन्टरमा विभिन्न कार्डहरुबाट पनि भुक्तानी गर्न सकिने छ ।

बैंकद्वारा प्रदान गरिने उक्त सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका परिवार आफन्तजन तथा अस्पतालका कर्मचारीलाई सहजता प्रदान गर्नेछ  । 

नगद संकलन काउन्टर संचालनमा ल्याउने सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका महाप्रबन्धक उज्जल राजभण्डारी र अस्पतालका तर्फबाट अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले हस्ताक्षर गरेका हुन् ।