शनिबार, आश्विन १७ गते २०८३

महालक्ष्मी विकास बैंकको ‘नारी सम्मान अभियान’

भाद्र ६, २०७९ सोमबार
महालक्ष्मी विकास बैंकको ‘नारी सम्मान अभियान’

 

महालक्ष्मी विकास बैंक ‘नारी सम्मान अभियान’ सार्वजनिक गरेको छ । बैंकले हरितालिका तीज – २०७९ को अवसरमा नारीलाई लक्षित गरेर नयाँ खाता खोल्ने महिलाका लागि विशेष प्याकेज ल्याएको हो । 

यस अभियान अन्तर्गत भदौ महिनाभर गृहलक्ष्मी बचत खाता खोल्ने नारीलाई सम्मान स्वरुप निशुल्क एटिएम कार्ड तथा मोवाइल बैकिङका साथसाथै लकर सेवामा ५० प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ ।

बैंकले नारीहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै नारी सम्मान अभियान ल्याएको जनाएको छ । 


देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ ।