शनिबार, आश्विन १७ गते २०८३

आइपीओ भर्दा लाग्ने सिःआस्वाको शुल्क घटाइयो, अब ५ रुपैया मात्रै लाग्ने

भाद्र ६, २०७९ सोमबार
आइपीओ भर्दा लाग्ने सिःआस्वाको शुल्क घटाइयो, अब ५ रुपैया मात्रै लाग्ने

 

धितोपत्र बोर्डले सर्वसाधारण लगानीकर्ताले आइपीओ भर्दा बैंक तथा वित्तीय संस्थाले लिने शुल्कको दर निर्धारण गरेको छ । बोर्डले आवेदन शुल्क ५ रुपैया हुने जनाएको छ ।  आइपीओको आवेदनमा बैंक तथा वित्तीय संस्थाले आफुखुसी शुल्क लिने गर्दै आएका थिए । 

साधारण सेयरको आवेदनमा बैंक तथा वित्तीय संस्थाले मनोमानी गरेको गुनासो आएपछि धितोपत्र बोर्डले यस्तो व्यवस्था गर्न लागेको हो । आइपीओ भर्नेको संख्या वृद्धि भएसँगै साधारण लगानीकर्ताले आइपीओ पनि नपर्ने तर शुल्क भने काटिइरहने भन्दै गुनासो गर्दै आएका थिए । बोर्डले आगामी साताबाट यो व्यवस्था लागु गरिने जनाएको छ । 

बैंक तथा वित्तीय संस्थाहरूमध्ये केहिले सी आस्वा निःशुल्क गरेका छन् भने कतिपयले १०, २० देखि १०० रुपैयाँसम्म लिने गरेका छन् ।   नेपालमा करिब ५३ लाखभन्दा बढीले डिम्याट खाता खोलेका छन्। यस्तै ४४ लाखभन्दा बढीले कारोबारका लागि गर्न मेरो सेयर एपको सेवा लिइरहेका छन् । 

धितोपत्र बोर्डले आस्वा शुल्कमा एकरुपता कायम गर्न नयाँ व्यवस्था लागु गर्न लागेको जनाएको छ । सीआस्वा सेवा वापत लिन पाउने ०  देखि १०० रुपैयाँसम्मको कोटिङलाई घटाउँदै प्रति आवेदनमा आधिकतम ५ रुपैयाँ मात्र लिन पाइने बनाइएको बोर्डले जनाएको छ ।