काठमाण्डौ । बिबादास्पद नागरिकता बिधेयक प्रतिनिधि सभाको बहुमतद्वारा भाद्र २ गते पारित भएको छ । यसमा मतदान हुँदा यस बिधेयकको पक्षमा प्रतिनिधि सभामा उपस्थिति १९५ सांसदमध्ये १३५ जनाले नागरिकता बिधेयकको पक्षमा मत दिएका थिए भने ६० जनाले बिपक्षमा मत दिएका थिए । तटस्थ बस्ने कोही पनि थिएनन् ।

राष्ट्रपति बिद्यादेबी भण्डारीले पुनर्बिचार गर्न सन्देश सहीत फिर्ता पाठाएको यो बिधेयक बहुमतले हुबहु पारित गरेपछि अब यो राष्ट्रिय सभामा प्रस्तुत हुने र त्यहाँबाट पारित भए कानुन बन्ने प्राबधान संबिधानमा छ । दूरगामी राष्ट्रिय हित बिपरीतका कतिपय प्राबधानले संशोधित नागरिकता बिधेयकले अपूर्ब किसिमले जनसंख्या अतिक्रमण निम्त्याउने र त्यसले चौतर्फी नकारात्मक असर पार्ने खतरा रहेको जानकारहरु औंल्याइरहेका छन् ।