शनिबार, आश्विन १७ गते २०८३

बैंक अफ काठमाण्डुका ११ लाख कित्ता ऋणपत्र आजबाट विक्रीमा

भाद्र २, २०७९ बिहीबार
बैंक अफ काठमाण्डुका ११ लाख कित्ता ऋणपत्र आजबाट विक्रीमा

 

बैंक अफ काठमाण्डूको १ अर्ब १० करोड रुपैयाँ बराबरको ११ लाख कित्ता ऋणपत्र डिबेञ्चर आजबाट विक्री शुरु भएको छ । बिओके डिबेन्चर, २०८६ ९क० नाम रहेको  सो ७ वर्ष अवधिको उक्त ऋणपत्र बैंकले प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरमा बिक्रीमा राखेको हो । ऋणपत्रमा वार्षिक १०।५ प्रतिशत ब्याजदर पाइनेछ ।


कुल ११ लाख कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात ४ लाख ४० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिने र बाँकी ६० प्रतिशत अर्थात ६ लाख ६० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। साथै, सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात २२ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको समेत बैंकले जानकारी गराएको छ ।

न्यूनतम २५ कित्तदेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिने उक्त ऋणपत्रको विक्रीवितरणा छिटोमा भदौ ७ गते र ढिलोमा भदौ १६ गते हुने जनाइएको छ ।